आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
नेपालबहस संवाददाता
मंसिर १६, २०८१ आइतबार ७:१६:२
१६ मंसिर, काठमाडौं । आज हुन गइरहेको ४१ पदको उपनिर्वाचनका लागि विभिन्न कुरामा निषेध गरिएको छ । निर्वाचन आयोगका अनुसार राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन वा व्याज नलगाउन अनुरोध गरेको छ, यदी लगाएको भेटिएमा कारवाही गरिने उसको भनाइ छ ।
साथै, आयोगले मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोशाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने पनि प्रस्ट पारेको छ । आयोगले सबै राजनीतिक दल, उम्मेदवार प्रतिनिधि र मतदातालाई मतदानका दिन पालना गर्नुपर्ने आचरण सम्बन्धमा निर्देशन पालना गर्नु पर्ने पुनः स्मरण गराएको छ ।
आयोगकी सह सचिव एवम प्रवक्ता निता पोखरेलका अनुसार मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुनै पनि व्यक्तिलाइ मतदान केन्द्रमा प्रवेश निषेध गरिएको छ ।
आयोगले मतदानको दिन आचारसंहिता विपरीतका कार्य भए गरेको पाइएमा मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले तत्काल कारवाही गर्न र मतदान केन्द्रको परिसर भित्र आचारसंहिता विपरीत कुनै कार्य वा अन्य अवाञ्छित गतिविधि हुन नदिन सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः ४१ पदका लागि मतदान जारी
मंसिर १६, २०८१ आइतबार
स्थानिय तहकाे रिक्त ४१ पदका लागि आज निर्वाचन
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
मंसिर १६, २०८१ आइतबार
छोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते
मंसिर १६, २०८१ आइतबार