११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
नेपालबहस संवाददाता
मंसिर १६, २०८१ आइतबार १५:२१:४४
१६ मंसिर, काठमाडौं । नेपाल घुम्न आउने पर्यटक संख्या ११ महिनामै १० लाख नाघेको छ । सन् २०२४ को नोभेम्बर महिनामा एक लाखभन्दा बढी हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यस महिनामा एक लाख १४ हजार ५०१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे ।
२०२३ को यस महिना एक लाख ८ हजार ६३० जना विदेशी पाहुना आएका थिए भने २०२२ मा ७२ हजार ६५३ जना आएका थिए । सन् २०२१ को नोभेम्बर महिनामा २६ हजार १३५ जना मात्रै पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ पर्यटकले नेपाल भ्रमणमा आएका हुन् ।
पर्यटक आगमन संख्याले तेस्रो पटक १० लाख नाघेको छ । २०२४ नोभेम्बरमा १ लाख १४ हजार ५ सय १ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार नोभेम्बरमा भारतबाट १९ हजार ९ सय १५ जना आएका छन् । यो गत वर्ष सोही अवधिको तुलनामा साढे १८ प्रतिशतले कम हो । त्यसबेला २४ हजार ४ सय ४३ जना आएका थिए ।
बोर्डका अनुसार गत नोभेम्बरमा सार्क राष्ट्रबाट ३१ हजार १ सय ६७, अन्य एसियाली देशबाट २४ हजार ८ सय ९७, युरोपबाट २६ हजार १ सय ५५ र मध्यपूर्वबाट १ हजार ४ सय ८८ पर्यटक नेपाल आइपुगेका थिए ।
प्रमुख बजार अमेरिकाबाट १० हजार ९ सय ८१ आएका छन्, तर यो पनि गत वर्ष नोभेम्बरको दाँजोमा ४.२ प्रतिशतले कम हो । बेलायतबाट ६ हजार ६ सय ११ आएका छन् । चीनबाट ९ हजार ४ सय ५८ आएका छन् । चिनियाँ गत वर्ष नोभेम्बरको तुलनामा साढे २४ प्रतिशतले बढेका हुन् ।
यस महिना बेलायतबाट ६ हजार ६११ जना पर्यटक नेपाल आएका छन् भने बंगलादेशबाट ५ हजार १४८ जना आएका छन् । यसका साथै अष्ट्रेलियाबाट ४ हजार ८२९ जना, थाइल्याण्डबाट ४ हजार ४६२ जना, श्रीलंकाबाट ४ हजार ३९४ जना, जर्मनीबाट ३ हजार ९२६ जना र फ्रान्सबाट ३ हजार ८४१ जना पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने !
माघ १०, २०८१ बिहिबार
निकुञ्ज हुँदै जाने बाटो प्रयोग गर्दा सावधानी अपनाउन आग्रह
माघ ८, २०८१ मंगलबार
बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
माघ १०, २०८१ बिहिबार
आवश्यकताअनुसार औषधि उपलब्ध गराउने गरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल
माघ १०, २०८१ बिहिबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाई
माघ १०, २०८१ बिहिबार