वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
नेपालबहस संवाददाता
मंसिर १६, २०८१ आइतबार १७:२८:४७
१६ मंसिर, काठमाडौं । फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ। पौष १२ गते राष्ट्रिय नाचघर जमलमा गर्न विशेष कार्यक्रमको आयोजना गर्दै अवार्ड गर्न लागेको हो ।
अवार्डका लागि नेपालभरका प्रतिभाशाली फोटोग्राफरहरूले आफुले खिचेका विवाहका अधिकतम २ वटा उत्कृष्ट फोटोहरू पेश गर्न सक्नेछन् भने विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ मिनेट ३० सेकेन्डको र २०० एमबीभन्दा कम साइजमा तयार गरी अधिकतम १ वटा भिडियो पठाउन सक्नेछन्।
फोटो तथा भिडियो मंसिर ३० गतेसम्ममा पठाइसक्नु पर्ने र सहभागिताको लागि www.kpa.org.np मा गुगलफर्म भर्नुपर्ने आयोजकले जानकारी दिएको छ।
यस कार्यक्रमको मुख्य उद्देश्य नेपालका विवाह परम्पराको कला संस्कृति र सौन्दर्यलाई प्रोत्साहन गर्नुको साथै नेपाली फोटोग्राफरहरू सम्मान गर्नु नै रहेको काठमाडौं फोटोग्राफर संधका अध्यक्ष हरि प्रसाद घिमिरेले बताए ।
‘हाम्रो संस्कृतिलाई फोटोग्राफीको माध्यमबाट नयाँ उचाइमा पुर्याउन यो अवार्ड विशेष भूमिका खेल्ने हो’ उनले भने। अवार्ड सकिएको भोलिपल्ट नै राष्ट्रिय कला परिषद्, बबरमहलमा फोटो प्रदर्शनी पनि आयोजना गर्न लागिएको घिमिरेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा मनोरञ्जन क्षेत्र, स्वीफ्टोनोमिक्सदेखि कोरियन सङ्गीतको सफलतासम्म
पुष १७, २०८१ बुधबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
चलचित्र ‘देववाणी’ प्रदर्शनमा, बलिउड अभिनेता ह्यारीले दर्शकसँगै फिल्म हेर्ने
पुष १०, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार