लिच्छविकालीन हाँडीगाउँलाई जीवन्त सांस्कृतिक शहरका रूपमा विकास गरिँदै
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार १४:२८:३३
१७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाको बीचभागमा रहेको लिच्छविकालीन हाँडीगाउँ क्षेत्रलाई जीवन्त सांस्कृतिक शहरका रूपमा विकास गर्न लागिएको छ । काठमाडौं महानगरपालिका–५ मा पर्ने यो बस्ती लिच्छविकालीन सहर भए पनि आधुनिक विकासका कारण यहाँका मूर्त, अमूर्त सम्पदाको अस्तित्व सङ्कटमा पर्दै जान थालेका थिए । प्राचीनकालदेखि नै महत्वपूर्ण सम्पदा रहेकामा आधुनिक विकासका छायाँमा पर्न थालेका यी संरचना महानगरपालिकाको सक्रियतामा फेरि जीवन्त बनाउन लागिएको हो ।
हाल मुख्य सम्पदा क्षेत्रमा प्रत्येक हप्ताको शनिबार एक दिन सवारीसाधन निषेध गर्ने गरिएको छ । महानगरपालिका—५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिले सम्पदा क्षेत्रमा पैदलयात्रा गर्न सहज होस् भनी महानगरपालिकाकै सक्रियतामा यस्तो व्यवस्था गरिएको बताए । यहाँ मुख्य सम्पदा क्षेत्रका रूपमा रहेका थटुटोल मार्ग, डटुटोल, कोटालटोल, गहनापोखरी र ङयाल्माटोल क्षेत्रमा शनिबार सवारीसाधन निषेध गर्ने गरिएको उनले सुनाए ।
महानगर परिषदले हाँडीगाउँको मुख्य क्षेत्रमा बढीमा ५० फिटभन्दा अग्ला घर बनाउन नपाउने निर्णय पनि गरेको छ । यस क्षेत्रका घरको अगाडिको भाग मौलिक संस्कृति झल्कने गरी बनाउनुपर्ने व्यवस्था पनि गरिएको छ ।
यसरी मौलिक घर बनाउँदा नक्शा पासको ९० प्रतिशत शुल्क छुट गरिएको छ । मौलिक रूपमा निर्माण हुने घरलाई नक्शा पासमा छुटका साथै चार वर्ग छुट्याएर रु आठ लाखदेखि रु ३२ लाखसम्म अनुदान दिने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ । मुख्य सम्पदा क्षेत्रमा पर्ने ६४ घरलाई मौलिक स्वरूपमा निर्माण गर्न लागिएको छ । यहाँका पाँच वटा ढुङ्गेधारालाई व्यवस्थित बनाइँदै छ । प्राचीनकालमा यहाँ स्थापना भएर आधुनिकतासँगै पुरिएका तीन वटा इनार उत्खनन् गरिएका छन् । लुकमाचोकको इनार, तुँछेँ र हात्तीमहाँकाल मार्गका गरी तीन इनार उत्खनन् गरिएका हुन् ।
हाँडीगाउँ क्षेत्रका पुराना फल्चाको स्वरूपलाई आकर्षक बनाइँदै छ । प्रत्येक हप्ता शनिबार सवारी निषेध, सांस्कृतिक कार्यक्रम, परम्परागत नेवारी खाना प्रदर्शन गरी जीवन्त हाँडीगाउँका रूपमा सांस्कृतिक शहरको परिचय दिने गरी व्यवस्था गरिएको महानगर-५ को कार्यालयले जनाएको छ ।
यहाँको भीमसेनस्थानमा फल्चासहितको पुस्तकालय निर्माणका लागि बोलपत्रको तयारी गरिएको जनाइएको छ । रु दुई करोड ८० लाखको लागतमा सो पुस्तकालय निर्माण गर्न लागिएको हो । दुई महिनाभित्रमा हाँडीगाउँ क्षेत्रका सबै सडक कालोपत्र सकिने गरी काम अघि बढाइएको पनि वडाध्यक्ष प्रजापतिले जानकारी दिए । धनगणेश मन्दिर क्षेत्रको पुनः निर्माण पनि अन्तिम चरणमा पुगेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सव सुरु, पहिलो दिन नगर दर्शन
मंसिर १६, २०८१ आइतबार
महोत्तरीमा विवाहपञ्चमी उत्सवको रौनक
मंसिर १६, २०८१ आइतबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
१९.९७ अंकले बढेर २७५८ विन्दुमा उक्लियो नेप्से, १० अर्ब ५४ करोडमाथिका शेयर किनबेच
मंसिर १७, २०८१ सोमबार
११ महिनापछि पेशी चढेको रवि लामिछानेको राहदानी दुरुपयोगविरुद्धको रिट हेर्न नभ्याइनेमा
मंसिर १७, २०८१ सोमबार
विश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार
सुन्तलाखेतीतर्फ आकर्षण बढ्दै
मंसिर १७, २०८१ सोमबार
एनपीएल : कर्णाली याक्सद्वारा जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य
मंसिर १७, २०८१ सोमबार