कोशी कांग्रेसमा फेरी किचलोः शेखर पक्षको भेला रोक्ने दवावस्वरुप सानेपाबाट जिल्लामा गयो पत्र
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार १५:३:५९
१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसभित्र कोशीमा प्रदेश समितिको भेलालाई लिएर आन्तरिक कलह सुरु भएको छ । यसले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डा. शेखर कोइरालाका बीचमा केही समयदेखि सुधारिएको सम्बन्धमा खटपट देखिएको छ । कांग्रेसले कोशी प्रदेशमा यही मंसिर २२ गते प्रथम प्रदेश सम्मेलन आयोजना गर्ने कार्यक्रम राखेको छ । यसअघि नेता कोइरालाले आफू पक्षका नेता र प्रतिनिधिसँग छलफल राखेका छन् ।
यस विषयलाई लिएर कांग्रेस पार्टी कार्यालयबाट प्रदेशका जिल्ला समितिहरुलाई पत्र नै पठाइएको छ । पत्रमा कोइरालाले गर्न लागेको आफू पक्षीय भेला पार्टीको नभएको दावी गरिएको छ । कोइराला पक्षले १८ गते मंगलबार विराटनगर निवासमै राखेको छलफललाई सानेपाले वैधानिक भेला मान्न अस्वीकार गरेको छ । कोशी प्रदेश समितिका संस्थापन पक्षका पदाधिकारीले केन्द्रीय कार्यालयमा सम्पर्क गरेर कोइराला पक्षको भेला रोक्न पत्र लेख्न भनेपछि कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पत्र पठाएका हुन् ।
पार्टीको प्रदेश समितिले मंसिर २२ मा गर्न लागेको पहिलो प्रदेश सम्मेलनको सम्मुखमा कोइराला पक्षले आफू पक्षका नेता प्रतिनिधिसँग छलफल गर्न भेला बोलाएको हो । यो भेला केही समय अगाडि नै कोइरालाले तय गरेका थिए । कोइरालाले ४ दिनअघि भेला बोलाएपछि पार्टी केन्द्रले कोशीमा सर्कुलर पठाएर सो भेलामा नजान दवाव दिएको छ । कोशीमा प्रदेश समितिले मंसिर २२ गते प्रथम प्रदेश सम्मेलन गर्दैछ । यसरी कांग्रेस कोशीमा चर्केको गुटगत विवादले कोइराला र सभापति देउवा बीच पनि दूरी बढाएको छ ।
मुख्यसचिव पौडेलले कोशी प्रदेशका सबै जिल्लाहरूलाई परिपत्र गर्दै २२ मंसिर अघि पार्टीको औपचारिक कार्यक्रम नभएको बताएका छन् । पार्टीको औपचारिक निर्णयमा २२ मंसिरमा प्रदेश सम्मेलन डाकिएको छ । मंसिर २२ पूर्व कोशी प्रदेश स्तरीय पालिका सभापतिहरूको भेला भनि प्रचारित कार्यक्रममा सहभागी हुनुपर्ने/नपर्ने स्पष्टताका लागि जिल्लाहरूबाट केन्द्रमा सम्पर्क गरिएकाले, मंसिर २२ मा हुने सम्मेलन पूर्व प्रदेश स्तरीय पार्टीको कुनै पनि कार्यक्रम नरहेको जानकारी गराइन्छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सर्कुलरमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
मंसिर १७, २०८१ सोमबार
भीभीआइपीको बिदाइ र स्वागतका लागि अब सभामुख र राष्ट्रियसभाका अध्यक्ष उपस्थित हुन नपर्ने
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण, ४० मिनेट होल्ड भए जहाज
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार
२५ हजार घुससहित समातिए प्रहरीका सई बुढाथोकी
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धी रविको बयान सकियो, अब पोखरा फर्काइने
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार