कीर्तिपुरमा कांग्रेस उम्मेदवार डंगोल मतान्तर बढाउँदै, एमालेका मानन्धरभन्दा ६५९ मतले अगाडि
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार १८:३६:१८
१७ मङ्सिर, काठमाडौं । स्थानीय तहको रिक्त स्थानमा भएको उपनिर्वाचनको मतगणना जारी छ। कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले मतान्तर बढाएका छन्।
उनी प्रतिद्वन्द्वी उम्मेदवारभन्दा ६५९ मतले अगाडि छन्। सोमबार साँझको ताजा मतपरिणाम अनुसार डंगोलले ३३८५ मत ल्याएका छन्। कीर्तिपुरमा १ देखि ६ वटा वडाको मतगणना गर्दा उनले उक्त मत प्राप्त गरेका हुन्। अहिले ती वडामा १२ हजार ८७२ मत गनिसकिएको छ।
नेकपा एमालेका उम्मेदवारले डंगोललाई पछ्याइरहेका छन्। एमालेका सुरेन्द्र मानन्धरले २७२६ मत ल्याएका छन्। जारी मतगणनामा कीर्तिपुर नगरपालिकामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ। माओवादीका उम्मेदवार शिवशरण महर्जनले २३१७ मत ल्याएका छन्।
मतगणनामा स्वतन्त्र उम्मेदवारहरू धेरै पछाडि छन्। स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १२०७ मत ल्याएका छन्। यस्तै, दिनेशकुमार अधिकारीले ९७५ र कविकुमार महर्जनले ७९४ मत ल्याएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार
एचपिभी खोप लगाउन किशोरीहरुलाई मन्त्री पौडेलको आग्रह
माघ ११, २०८१ शुक्रबार
आगलागी र डढेलो लाग्न सक्छ, निभाउनका लागि पूर्वतयारीमा रहनु
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
सन् २०२४ मा २४ करोड २० लाख बालबालिकाको विद्यालय शिक्षा प्रभावित: युनिसेफ
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय मेलामा नेपालको पर्यटन प्रवर्द्धन गरिँदै
माघ ११, २०८१ शुक्रबार