'धम्की पछि' ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार ९:१५:२४
१८ मंसिर, मुम्बई । ‘१२ वी फेल’ र ‘द साबरमती’ जस्ता चलचित्रबाट आफ्नो पहिचान बनाएका अभिनेता विक्रान्त मेसीले अचानक अभिनयबाट ब्रेक लिने घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जाल पोस्टमार्फत सो जानकारी दिएका हुन् । यो खबर बाहिर आएसँगै विक्रान्तका फ्यानहरु स्तब्ध र निराश बनेका छन् । कतिपयले उनी अभिनयबाट सधैं टाढै बसेको विश्वास गर्छन् भने कतिपयले ठीक समयमा पुनरागमन गर्ने बताएका छन् ।
विक्रान्तले आफ्नो पोस्टमा लेखेका छन्, ‘नमस्कार, पछिल्ला केही वर्ष र त्यसपछिका वर्षहरू अद्भुत छन्। तपाईको निरन्तर सहयोगको लागि म तपाईहरू सबैलाई धन्यवाद दिन्छु, तर म अगाडि बढ्दै जाँदा, मैले महसुस गरेको छु कि यो आफैंलाई पुनः सन्तुलन र घर फर्कने समय हो। पति, बुबा, छोरा र अभिनेताको रूपमा पनि २०२५ मा हामी एकअर्कालाई अन्तिम पटक भेट्नेछौं।’
विक्रान्तको यो घोषणालाई लिएर चलचित्र उद्योगबाट धेरै प्रतिक्रिया आइरहेका छन् । उनीसँगै फिल्म ‘१२ वी फेल’ मा देखिएकी अभिनेत्री मेधा शंकरले आश्चर्य व्यक्त गरेकी छिन्, ‘के ?अभिनेत्री आकांक्षा रञ्जन कपुरले पनि आश्चर्य व्यक्त गरेकी छिन् । उनले कमेन्ट गर्दै लेखे, ‘के ??? सोनु, होइन, तपाईं बाँकी रहेका केही कलाकारहरू मध्ये एक हुनुहुन्छ, जो वास्तविक छन्।’
साबरमती रिपोर्टका क्रममा विक्रान्तलाई धम्की आएको थियो । ब्रेक लिनु अघि विक्रान्तको अन्तिम फिल्म ‘द साबरमती रिपोर्ट’ हो, जुन १५ नोभेम्बरमा रिलिज भएको थियो। यो फिल्म गोधरा घटना र त्यसपछिको गुजरात दंगामा आधारित छ। ट्रेलर रिलिज भएसँगै फिल्म विवादमा परेको थियो ।
चलचित्रका मुख्य कलाकार विक्रान्त मेसीलाई धम्की आएको थियो । विक्रान्त आफैंले बिभिन्न मिडियामा दिएको अन्तर्वार्तामा यसको खुलासा गरेका थिए । विक्रान्तले आफ्ना विरोधीहरूले आफ्नो ९ महिनाको बच्चालाई पनि नछोड्ने र उनीबारे अश्लील कुरा गरेको बताएका थिए ।
धेरैले यो घटनासँग जोडेर उनले अभिनयवाट सन्यास लिएको अनुमान गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा मनोरञ्जन क्षेत्र, स्वीफ्टोनोमिक्सदेखि कोरियन सङ्गीतको सफलतासम्म
पुष १७, २०८१ बुधबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
चलचित्र ‘देववाणी’ प्रदर्शनमा, बलिउड अभिनेता ह्यारीले दर्शकसँगै फिल्म हेर्ने
पुष १०, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार