दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार १०:१०:३३
१८ मङ्सिर,दोलखा । गौरीशंकर गाउँपालिकामा भएको स्थानीय तह उपनिर्वाचनबाट उपाध्यक्ष पदमा निर्वाचित एमाले उम्मेदवार उमा शेर्पाले आफ्नो जीत व्यक्तिगत जीत नभएर सिङ्गो गौरीशंकरवासी र विकास प्रेमीको जित भएको बताएकी छिन्।
उपाध्यक्ष निर्वाचित भएपछि प्रतिक्रिया दिँदै शेर्पाले मतदाता, पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक, निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, सुरक्षाकर्मी, सञ्चारकर्मी सबैमा धन्यवाद दिइन्।
शेर्पाले आफ्ना प्रतिस्पर्धी एकीकृत नेकपा माओवादी केन्द्रकी उम्मेदवार निमलेकी शेर्पा, नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी शेर्पा तामाङ लगायत उपनिर्वाचनमा भाग लिने सम्पूर्ण राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूप्रति पनि सम्मान व्यक्त गरेकी छिन्।
‘आगामी यात्रामा गौरीशंकरवासीको हितका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, सडक लगायतका अधुरा रहेका विभिन्न विकास निर्माणका कार्यहरूमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु, जसका लागि सबैको साथ सहयोग रहने नै छ भन्ने मैले विश्वास लिएको छु’, उनले भनिन् ।
आइतबार सम्पन्न उपनिर्वाचनमा शेर्पाले २ हजार ८ सय ५ मत ल्याई उपाध्यक्षमा विजयी भएकी हुन् । सो गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी निमलेकी शेर्पाले २ हजार ६ सय मत र नेपाली कांग्रेसकी पासदिकी शेर्पाले भने १ हजार ७ सय २७ मत ल्याएका थिए।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय मत पाउँदा राप्रपाले १ सय १८ र एकीकृत समाजवादी पार्टीले ९० मत ल्याएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा सो गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । कांग्रेसबाट निर्वाचित उपाध्यक्षको निधनपछि भएको उपचुनावमा सबै पार्टीले एकल प्रतिस्पर्धा गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार