साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार १७:१९:३९
१८ मंसिर, काठमाडौं । सुन तस्करी प्रकरणका तीन जना आरोपी जेल चलान भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ५ किलो ७ सय ग्राम सुन पक्राउ परेको घटनाका तीन जना आरोपीलाई पुर्पक्षका लागि कारागार पठाइएको हो । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले पक्राउ परेका एक चिनियाँ र दुई म्यानमारका नागरिकलाई कारागार चलान गर्न आदेश दिएको हो ।
उनीहरू २० कात्तिकमा दुबईको शाहजहाँबाट एयर अरेबियाको उडान नम्बर जी ९५३० मार्फत काठमाडौं आएका थिए । उनीहरूको लगेज जाँच गर्दा त्यसमा केही फलामजन्य वस्तु भेटिएको थियो । आफूले स्पिकर ल्याएको भनेपछि ती स्पिकर समेत खोलेर हेर्दा सुन ल्याएको भेटिएको थियो । उनीहरूले १२ वटा स्पिकरमा फल्स बटम बनाएर सुन ल्याएका थिए ।
यसपछि प्रहरी र भन्सारको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । १२ वटा स्पिकरमा फल्स बटम बनाएर रिङ आकारको सुन उनीहरूले ल्याएका थिए । अदालतको आदेशसँगै चिनियाँ नागरिक जियान योङ र म्यानमारका साट नेइङ टन र इङ ङोन फू कारागार चलान भएका हुन् । भन्सार कार्यालयले उनीहरू विरुद्ध सुन भन्सार चोरी पैठारीको कसुरमा ८ करोड भन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । १६ मंसिरमा दायर भएको मुद्दाको आज सुनुवाइ सकिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
जिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार