प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
नेपालबहस संवाददाता
मंसिर ३०, २०८१ आइतबार १९:१:५७
३० मङ्सिर, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल छिमेकी मुलुक भारतको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन्। भारतका स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको निमन्त्रणामा छिमेकी मुलुकको भ्रमण सम्पन्न गरी फर्किएका प्रधानसेनापति सिग्देललाई बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीयस्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरे । भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले त्यहाँका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, प्रतिरक्षा प्रमुख जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए।
महारथी सिग्देल भारतको देहरादुनस्थित इण्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिका रूपमा सहभागी थिए । उक्त एकेडेमीमा तालिमरत नेपाली सेनाका अधिकृत क्याडेट प्रवीन पाण्डे ३५ जना विदेशी अधिकृत क्याडेटमध्येबाट सर्वोत्कृष्ट विदेशी शिक्षार्थीका रूपमा सम्मानित भएका थिए ।
भारतमा रहँदा महारथी सिग्देलले भारतीय सेनाको दक्षिण कमाण्ड फोर्स केन्द्रलगायत विभिन्न रणनीतिक सैनिक संरचनाहरूको पनि भ्रमण गरे। उच्च तहको सैनिक नेतृत्वको भ्रमण र दुई देशका प्रधानसेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबीच विगतदेखि रहँदै आएको सम्बन्धलाई सुमधुर बनाउन महत्वपूर्ण योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
नेपाल भारतबीचको संयुक्त सैनिक अभ्यास सम्पन्न
पुष २९, २०८१ सोमबार
नेपाली सेनाले मनायो ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार