प्रहरी खबर अपडेट : अवैध लागूऔषध कारोबार नियन्त्रणमा नेपाल प्रहरीलाई उल्लेख्य सफलता
इन्द्र रिजाल
बैशाख २३, २०७६ सोमबार २३:१५:४०
काठमाडौं । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ का ३९ वर्षीय उमेश सहनीलाई अवैध लागूऔषध गाँजा करिव ७० केजी सहित वैशाख १० गते उनकै घरबाट प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं कोटेश्वर बस्ने सिन्धुली मरिण गाउँपालिका–४ का ३९ वर्षीय देवकुमार घिसिङ र सिन्धुली कमलामाई नगरपालिका–२ का ३० वर्षीय पदमबहादुर श्रेष्ठलाई गाँजा ५० किलो सहित बैशाख ३ गते लाजिम्पाटबाट प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही, बुटवल उपमहानगरपालिका–९ बसपार्कबाट करिब ३० किलो अवैध लागूऔषध चरेश सहित मकवानपुर थाहा नगरपालिका–७ बस्ने ३६ वर्षीय राजकुमार स्याङ्तान, ३७ वर्षीय ईन्द्रमान तामाङ र १९ वर्षीय शंकर तामाङ फागुन ५ गते पक्राउ परे । सहनी, घिसिङ, श्रेष्ठ, स्याङ्तान र तामाङ जस्तै लागूऔषध दुर्व्यसन र अवैध कारोबारमा संलग्न व्यक्तिहरु पछिल्लो समय ठूलो संख्यामा पक्राउ परेका छन् ।
अवैध लागूऔषध कारोबारमा संलग्न अभियुक्त पक्राउ संख्या बढ्नुको कारण समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी सक्रियता र नागरिकसँगको सहकार्य नै प्रमुख हो । कार्यक्रम लागू भएपछि लागूऔषध कारोबार नियन्त्रणमा उल्लेख्य सफलता मिलेको छ । गत ८ महिनाको अवधिमा लागूऔषध प्रयोगकर्ता, कारोवारी तथा ओसारपसारमा संलग्न ३ हजार ७ सय ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ३ हजार ५ सय ७७ जना पुरुष र १ सय ८७ जना महिला रहेका छन् । कूल पक्राउमध्ये १ सय २९ जना विदेशी नागरिक छन् । सो अवधिमा २ हजार ४ सय ४५ मुद्धा दर्ता भएका छन् ।
सो अवधिमा ४ हजार ६ सय ३७ केजी ६ सय २४ ग्राम गाँजा, २ हजार ६७ केजी चरेश, ८ केजी २२ ग्राम हेरोइन, ५ केजी ७ सय ग्राम अफिम प्रहरीले बरामद गरेको छ । साइकोट्रोपिक्स औषधी लागूऔषध अन्तर्गत १ लाख ८० हजार २ सय १३ ट्याब्लेट, १ लाख ४७ हजार ९ सय ७२ एम्पुल, २ हजार ५ सय ९१ कोरेक्स, १ हजार ४ सय २२ डाईलेक्स, ७ सय ३५ एम्फेटामाईन, २ सय ७८ फेन्सिडेल, ८१ पोल्याण्ड,३१ प्रोजिन, १८ डिआर रेड्डिस, ८५ पिस सिरिन्ज, ५ कोडिन, ६ डिकफ, १ सय ४० ऐटेन, २ सय २० ग्राम मेटाफेटामाईन, २ सय ९९ अनरेक्स, ५६ लाब्रोटी, २२ प्रोमिथाईजेन र २ सय १० केजी भाङ समेत प्रहरीले बरामद गरेको छ ।
प्रविधिको विकासले विश्व एक गाँउ बनेको छ । संगठित एवं अन्तर्राष्ट्रिय गिरोहको सञ्जालले लागूऔषध कारोबार नियन्त्रणमा समस्या छ । विकास र शान्तिमा नकारात्मक असर पार्ने र विकृति फैलाउने यस कार्यलाई रोकी दुर्व्यसनमुक्त समाज निर्माण गर्नु चुनौती थपिएको छ । यस समस्या र निराकरण सम्बन्धमा नेपाल प्रहरीका पूर्व केन्द्रीय प्रवक्ता–सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी भन्छन्, “लागूऔषध दूर्व्यसन, यसको कारोबार, ओसारपसार, अन्तर्राष्ट्रिय समस्याको रुपमा देखा परेको छ । यसलाई निराकरण गर्न नेपाल प्रहरीले विभिन्न उपाय अपनाउँदै आएको छ । यस क्रममा समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा सेवन न्यूनिकरण गर्न सचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको छ । समुदायसँग निकट भएपछि कारोबारको सूचना आइरहेकोले कारोबारीलाई स्रोतमै समात्न सफल भएका छौं ।”
साथै चुनौति सामना गर्दै लागूऔषध कारोबार नियन्त्रणका लागि नेपाल सरकारले लागूऔषध नियन्त्रण रणनीति २०६६ लागू गरेको छ । गृह मन्त्रालयले गृह प्रशासन सुधार योजना २०७४ अन्तर्गत बुँदा नम्बर ७३ देखि ७६ सम्म लागूऔषध सम्बन्धी नीति तथा योजना समावेश गर्नुको साथै लागूऔषध निषेध र मदिरा नियन्त्रण अभियान २०७५ शुरु गरेको छ । विद्यमान कानुनलाई अभियानकै रुपमा लिएर नेपाल प्रहरी लागूऔषध कारोबार, प्रयोग र दुर्व्यसनी नियन्त्रण गर्न सक्रिय भई लागेको छ । प्रहरी वरिष्ठ उपरीक्षक सुवेदी भन्छन्, “प्रहरीको विशेष अभियान र कानुन कार्यान्वयनलाई अझ सशक्त बनाउने प्रहरी महानिरीक्षकज्यूको निर्देशनले यस्ता क्रियाकलापमा संलग्न व्यक्तिहरु पक्राउ र ठूलो मात्रामा लागूऔषध बरामद भइरहेको छ ।”
लागूऔषधको ओसारपसार, खुल्ला सीमाना र लागूऔषधको सहज प्राप्तिको कारण कारोबार बढ्नु प्रमुख कारण हो । लागूऔषध व्यवसाय र प्रयोग हुने ठाउँहरु पहिचान गरी प्रहरीले ती क्षेत्रमा कारवाही तीव्र पारेको छ ।
ग्रामीण क्षेत्रमा हुने गाँजा र अफिम खेतीको भरपर्दो अनुगमन प्रणाली नहुनु, खर्चिलो सूचना व्यवस्थापन विधि र बजेटको सीमितता नै नियन्त्रणका चुनौती हुन । चुनौति र समाधानका सम्बन्धमा लागूऔषध नियन्त्रण व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाई भन्छन्, “गाँजा चरेश पहाडी भागमा आँफै उम्रन्छन । खुल्ला सीमानाको कारण तस्करले कारोवार गर्ने विभिन्न उपाय अपनाउँछन । यस्ता चुनौति समाधान गर्न ब्यूरोले सीमित साधनस्रोत र जनशक्तिको उच्चतम प्रयोग गरी काम गर्दै आएको छ । अन्तर्राष्ट्रिय सन्धी सम्झौताको परिधिमा रहेर राष्ट्रिय, अन्तर्राष्ट्रिय निकायहरुसँग समन्वय गरी काम भइरहेको छ । गोष्ठी सेमिनारबाट दक्षता हासिल गर्दै दक्ष कुकुर समेतको प्रयोगबाट अनुसन्धानमा सफलता प्राप्त हुँदै आएको छ ।”
गलत तरिकाबाट अर्थोपार्जन गर्ने उद्धेश्यले लागूऔषध ओसारपसार तथा गैरकानुनी कार्य भइरहेको देखिन्छ । लागूऔषधले पार्ने असरका बारेमा परिवार, समाज तथा विद्यालयबाट उचित मार्गदर्शनको अभाव र साथीहरुको लहैलहैमा लागेर लागूऔषधको दुर्व्यसनीमा फसेको पाइन्छ । यस्ता विविध कारणलाई नियन्त्रण गर्न एवं सभ्य, सुसंस्कृत समाज निर्माण गर्न नेपाल प्रहरीले देशभरिनै समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत टोलटोलमा समूह, उपसमूह खडा गरी सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । गैरकानुनी काम गरेमा कारवाहीको साथै आर्थिक प्रलोभनमा परी वा अन्य जुनसुकै कारणबाट पनि यस्ता काम गर्न नहुने सन्देश दिन सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । यसबाट लागूऔषध अवैध कारोवार तथा सेवन रोकथाम गर्न थप सफलता मिल्ने अपेक्षा छ ।
अवैध घरेलु मदिरा बिक्री वितरण कार्यमा संलग्न पक्राउ
पर्सा । बीरगंज महानगरपालिका–१६ स्थित नगवा चोकबाट अवैध घरेलु मदिरा बिक्री बितरण कार्यमा संलग्न ३ जनालाई करिब ६० लिटर मदिरा सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जिल्ला बारा निजगढ नगरपालिका–४ बस्ने २४ बर्षीया सुस्मा लामा, सोही ठाउँ बस्ने ३८ वर्षीया अनिता लामा र सर्लाही, शंकरपुर नगरपालिका–२ घर भई हाल पर्सा, बीरगंज महानगरपालिका–१० रानीघाट बस्ने २१ बर्षीय राजेश ठकुरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लु.२ ह ४२१६ नम्बरको अटोरिक्सालाई जाँच गर्ने क्रममा उक्त अटोरिक्साभित्र बिक्री बितरणको लागि लुकाई ल्याएको अवैध मदिरा फेला पारी अटोरिक्सा सहित उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई थप आवश्यक कारवाहीको लागि आन्तरीक राजस्व कार्यालय बीरगंजमा पठाइको जानकारी दिएको छ ।
अवैध लागूऔषध गाँजा बरामद
सर्लाही । लालबन्दी नगरपालिका–१ नवलपुर बजारबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो सोमवार दिउँसो प्रहरीले वरामद गरेको छ । ईलाका प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी गस्ती टोलीले बा.३९ प ५४४५ नम्बरको मोटरसाईकल रोक्न खोज्दा उक्त मोटरसाइकल छोडी चालक फरार भएकाले उक्त मोटरसाईकल जाँच गर्दा उक्त लागूऔषध गाँजा फेला पारी मोटरसाइकल सहित बरामद गरेको ।
फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा मृत्यु
सर्लाही, बसबरिया गाउँपालिका–३ स्थित सडकमा ज.१ त ७२२० नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार दिउसो दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्याक्टर चालक सोही गाउँपालिका बस्ने १८ वर्षीय आशिक महतोको उपचारको लागि बरहथवा अस्पतालतर्फ लैजाने क्रममा बाटौमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार आशिकका भाई १६ वर्षीय आदित्य महतोलाई बरहथवा अस्पताल हुँदै थप उपचारको लागि बीरगंज पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक उद्दार तथा अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
बाग्लुङ, जैमिनी नगरपालिका–८ तत्लोगौरस्थित कालीगण्डकी नदीको किनारमा हाल नाम, थर वतन नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार दिउसो मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५ शिखरपानी बस्ने ८० वर्षीय कृष्ण बहादुर वाईवा शिखरपानी सामुदायिक वनमा भिरबाट लडेर मृत्यु भएको अवस्थामा सोमबार बिहान फेला परेका हुन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
पर्सा । वीरगंज महानगरपालिका–२४ रामघर्वास्थित गेन्डा सेकेण्डरी स्कूल र जानकी प्राथमिक विद्यालयबाट टिभि १ थान, ल्यापटप २७ थान र पानी तान्ने मोटर १ थान सोमबार दिउसो चोरी भएको छ । फरार चोरहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल नष्ट
कञ्चनपुर, कृष्णपुर नगरपालिका–१ भेटघाट शिविर बस्ने मदन नेपालीको घरमा चुल्होमा बालेको आगोबाट सोमबार दिउसो आगलागी हुँदा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सुवेदीलाई काठमाडौंको कमाण्ड दिँदा लामालाई व्यूरोमा सरुवा
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार