सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणको काम प्रदेशस्तरबाटै हुन आवश्यक छः मन्त्री दाहाल
नेपालबहस संवाददाता
पुस ८, २०८१ सोमबार २१:१:२२
८ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारी चालक अनुमतिपत्र तथा वितरणको काम अब प्रदेशस्तरबाटै गरिनुपर्ने बताएका छन् । यातायात व्यवस्था विभागले आज यहाँ आयोजना गरेको यातायात क्षेत्रमा देखापरेका समस्या समाधान एवम् विगतमा भएका निर्णयको कार्यान्वयन विषयक कार्यक्रममा उनले यस प्रक्रिया सहज र सरल बनाउन यससम्बन्धी कार्य गरिनुपर्नेमा उनले जोड दिए ।
मन्त्री दाहालले भने,“यातायात व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको समेत भएकाले सवारी चालक अनुमतिपत्र छपाइ, नवीकरण एवम् वितरणजस्ता कार्य अब प्रदेशस्तरबाटै हुनुपर्छ । बरु एउटा ‘कटअप डेट’ तोकेर त्यसपछिको काम प्रदेशबाटै हुने गरी सबै प्रदेशले यससम्बन्धी कार्य गर्ने तयारी गर्नुपर्छ ।”
मन्त्रालयका सचिव केशवकुमार शर्माले सवारी चालक अनुमतिपत्र छपाइमा रहेका जटिलताको अन्त्य गरी प्रदेशस्तरबाटै छपाइ र वितरणको व्यवस्था गर्न यातायात विभाग र प्रदेशबीच समन्वय हुनुपर्ने बताए । यस्तै छपाइ भएका ‘ईम्बोष्ड नम्बर प्लेट’ जडान कार्यलाई तीव्रता दिन उनले आग्रह गरे।
विभागका महानिर्देशक राजिव पोखरेलले यातायात क्षेत्रको सेवा प्रवाहमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयका लागि कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा सबै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयका सचिवको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
काठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार