एनएमबी बैंकले कमायो एक अर्ब ६५ करोड, आगामी बर्ष बैंकका शेयरधनीलाई ३९ प्रतिशतको बम्पर लाभांश
इन्द्र रिजाल
बैशाख २३, २०७६ मंगलबार ३:२६:५५
काठमाडौं । समृद्ध नेपालको नारा बोकेको एनएमबी बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म एक अर्ब ६५ करोड ११ लाख मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा बैंकले एक अर्ब ३७ करोड ६६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
गतबर्ष देखि नै अर्बपति क्लबमा रहेको बैंकमा प्रतिशतका हिसाबले यो मुनाफा गतबर्षको तुलनामा १९.९४ ले बढी हो । चालु आबको यस अवधिमा गरेको मुनाफा हेर्दा आर्थिक वर्षको अन्त्यसम्मको मुनाफाबाट बैंकले आफ्ना शेयरधनीलाई १३.४८ प्रतिशत र शेयर प्रिमियम कोषमा रहेको दुई अर्ब ५१ करोड ८० लाखबाट २६ प्रतिशत गरि कूल ३९ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ ।
गतबर्ष बैंकले आफ्ना शेयरधनीलाई ३० प्रतिशत तथा अघिल्लो आबमा १५ प्रतिशत लाभांश बाँडेको थियो । यसबाट आगामी बर्ष बैंकका शेयरधनीले ३९ प्रतिशतको बम्पर लाभांश पाउने संभावना देखिएको छ ।
विदेशी बैंक तथा वित्तिय संस्थाबाट पहिलो पटक ठुलो मात्रामा वैदेशिक ऋण भित्र्याउन सफल एनएमबी बैंकले तरलता अभावका बीच पनि ९३ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरि ९० अर्ब ३९ करोड रुपैयाँ ऋण लगानी गरेको छ। धेरै बैंकहरुलाई सीसीडी रेसियो मेन्टेन गर्न धौधौ परिरहेका बेला एनएमबी बैंकले आफुलाई कर्म्फाेट जोनमा राख्न सफल ठहरिएको छ ।
चैत्र मसान्तसम्म बैंकले सीसीडी रेसियो ७७.८३ को बिन्दुमा कायम राख्न सफल भएको छ । कर्जा लगानीका लागि यो सहज अवस्था हो । निक्षेप संकलन र कर्जा लगानी दुवैमा आक्रामक रहेको बैंकको व्याज आम्दानी ३० प्रतिशत हुदाँ व्याज खर्च भने १८ प्रतिशतले मात्र बृद्धि भएको छ। बैंकले चैत मसान्तसम्ममा ८ अर्ब ६ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ भने चार अर्ब ९६ करोड व्याज खर्च गरेको छ। यस्तै खुद व्याज आम्दानीमा ५३ प्रतिशतले सुधार भएर तीन अर्ब ९ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ।
बैंकले एफपीओ र बोनस शेयरमार्फत चुक्ता पूँजी बृद्धि गरेको थियो । बोनस शेयर र एफपीओमार्फत बैंकले ७ अर्ब ३७ करोड रुपैयाँको पूँजीलाई ९ अर्ब तीन करोडमा पुर्याएको छ । एफपीओको प्रिमियम रकमसहित बैंकको जगेडा कोषमा हालसम्म ७ अर्ब १३ करोड रुपैयाँ जम्मा भएको छ । चुक्ता पूँजी र जगेडाकोष बढेसँगै बैंकको पूँजी कोष अनुपात थप २.५१ प्रतिशत बिन्दुले बढेर १५.४४ प्रतिशत कायम भएको छ। प्रर्याप्त पूँजीकोष रहेकोले बैंकले आगामी दिनमा नियामकिय निर्देशन अनुसार थप कर्जाको विस्तार गर्ने सक्नेछ ।
बैंकले एक वर्षको अवधिमा खराब कर्जा १.१० प्रतिशतबाट ०.७९ प्रतिशतमा झार्न सफल भएको छ। बैंकको कर्जाको गुणस्तरमा भएको सुधार र असूलीको दक्षताले गर्दा यस वर्ष खराब कर्जा घटाउन सफल भएको हो । बैंकले हालै नयाँ भर्सनको बैंकिङ सिस्टम फिनाकलमा स्तरोन्नती गरी संचालनमा ल्याएको छ। बैंकका सीईओ सुनिल केसीको विशेष बैंकिङ रणनीतिका कारण संस्थागत सुशासन र जोखिम विश्लेषणमा ध्यान पुर्याउदाँ बैंक दिनप्रतिदिन प्रगतिपथमा अगाडि बढेको हो ।
खर्च नियन्त्रण र कोषको लागत घटाएर आम्दानीका अधिकांश सूचकहरुमा प्रगति गरेको बैंकको जगेडा कोष, प्रतिशेयर आम्दानी, नेटवर्थ भने कमजोर बनेको छ । तर गत बर्षको तुलनामा बैंकको आधार ब्याजदर र कोषको लागत घटेका कारण बैंकको पुँजीकोष भने सवल बनेको छ ।
बैंकले यस अवधिमा एक अर्ब ६५ करोड ११ लाख रुपैयाँ मुनाफा आर्जन गरेपनि विभिन्न शिर्षकमा ६७ करोड ८९ लाख रुपैयाँ छुट्याउनु पर्दा ९७ करोड २१ लाख ५४ हजार रुपैयाँ मात्र शेयरधनीलाई वितरण गर्न पाउने छ ।
बैंकले विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत साधारण जगेडामा ३३ करोड २ लाख, क्यापिटल रिडम्सन रिजर्बमा ६ करोड ७८ लाख ४१ हजार, र मुद्रा सटही कोषमा एक करोड ६३ लाख ४३ हजार, संस्थागत समाजिक उत्तरदायित्वमा एक करोड ५६ लाख ३४ हजार र रेगुलेटरी रिर्जब कोषमा २४ करोड ८९ लाख २९ हजार छुट्टाएको हो ।
बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ, आधार ब्याजदर ९.९५ प्रतिशत तथा प्रतिशेयर नेटवर्थ १७४.२२ रुपैयाँ रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनक्कली लाइसेन्समा यातायात व्यवस्था विभागका पूर्व महानिर्देशकहरू सीआईबीको ‘राडर’मा
बैशाख २८, २०८१ शुक्रबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
राष्ट्रपति चुरे–तराईका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध मुद्धा दायर
बैशाख २८, २०८१ शुक्रबार
माल्दिभ्सबाट सबै भारतीय सेना फिर्ता
बैशाख २८, २०८१ शुक्रबार
अमेरिका र क्यानाडा पठाइदिन्छु भन्दै साढे ५ करोड ठगी गर्ने गिरोह पक्राउ
बैशाख २८, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ
बैशाख २८, २०८१ शुक्रबार
प्रतिनिधि सभाको बैठक स्थगित, अब जेठ १ गते बस्ने
बैशाख २८, २०८१ शुक्रबार
प्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार