नेपालमा अर्को व्यवस्था सम्भव छैन, गणतन्त्रलाई नै सुधारेर राम्रो बनाउनुपर्छः देउवा
नेपालबहस संवाददाता
पुस १६, २०८१ मंगलबार ११:३७:९
१६ पुष, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा गण्तन्त्रभन्दा अर्को व्यवस्था सम्भव नभएको भन्दै यही व्यवस्थालाई सुधारेर जनहितमा बनाउनु बुद्धिमानी हुने बताएका छन् । उनले गणतान्त्रिक व्यवस्था स्थायी भएको भन्दै यसलाई सुदृढ गर्दै जानुपर्ने कुरामा दुइमत नरहेको बताएका छन् ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले गणतन्त्रलाई सफल पार्न सबैको कर्तव्य हुने भएको बताए । आजको गणतन्त्र सफल पार्न सबैको कर्तव्य छ । गणतन्त्रलाई सुदृढ बनाउनु पर्छ । यसलाई अगाडि लानु पर्छ । अहिलेका मधेश पहाड हिमाल पूर्व पश्चिम सम्पूर्ण नेपालीको एकता यही मेलमिलाप हो उनले भने ।
उनले मेलमिलाप नीति नेपाली कांग्रेसका लागि मात्र नभई देशक लागि आवश्यक भएको बताए । ‘कांग्रेसका लागि मात्र होइन, देशभरका लागि राष्ट्रिय मेलमिलाप आवश्यक छ, कांग्रेसले अग्रसरता लिनुपर्छ । बिपी गणेशमान नेपाल फर्केपछि राजनीति पनि उनीहरू वरपर घुमेको र राजाले घुँडा टेकेको उनले बताए । उनले बिपी कोइराला र गणेशमान सिंह राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ सालमा नेपाल फर्किएको पनि बताए। सोही दिनलाई कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रूपमा बनाउँदै आएको छ ।
त्यसबेला खतरा र चुनौतीसहित बिपी र गणेशमान स्वदेश फर्किएको सभापति देउवाको भनाइ छ । ‘२०३३ सालमा बिपी कोइराला र गणेशमान सिंह राष्ट्रिय मेलमिलापको नीति लिएर फर्कनुभएको थियो । यद्यपि नेपालमा राजाले मारिदिन्छन् कि के हुन्छ, हत्या हुन्छ कि भन्ने अवस्थामा पनि उहाँहरू आउनुभएको थियो,’ सभापति देउवाले भने, ‘भारतमा रहेका उहाँहरूलाई नेपालको सीमा क्षेत्रमा पनि आउन दिएका थिएनन् । त्यसकारण नेपालमै फर्किन उहाँहरूले जोड गर्नुभएको थियो । ठूलो खतरा र चुनौती राखेर उहाँहरू नेपाल फर्किएको हो ।’
सभापति देउवाका अनुसार बिपी र गणेशमान नेपाल फर्किएपछि उनीहरूकै वरपरि राजनीति केन्द्रित हुँदै गएको पनि बताए। केही वर्षपछि बिपी कोइरालाको निधन भएको र सर्वोच्च नेता गणेशमान सिंहको नेतृत्वमा काठमाडौंमा भएको आन्दोलनले प्रजातन्त्र पुनस्र्थापना गरेको सभापति देउवाले बताए । ‘गणेशमान सिंहको नेतृत्वमा काठमाडौंमा भएको आन्दोलनले राजाले घुँडा नै टेके,’ देउवाले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
माघ ५, २०८१ शनिबार
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
रास्वपामा लफडा, मुकुललाई पार्टीमा फर्काउन खोज्ने कोशी प्रदेश सभापति निलम्बित
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
सात प्रतिपक्षी दल छेउमा राखेर प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजिनामा
माघ ४, २०८१ शुक्रबार
चितवनमा रविसहित १४ जनालाई प्रतिवादी बनाउन माग, ३८ करोड ९ लाख बराबर बिगो दावी
माघ ४, २०८१ शुक्रबार
युद्ध विराम अनुमोदन गराउन नेतान्याहुलाइ लाग्यो ६ घन्टा !
माघ ५, २०८१ शनिबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
माघ ५, २०८१ शनिबार
नेपालले दियो बंगलादेशलाइ ५२ रनको झिनो लक्ष्य
माघ ५, २०८१ शनिबार
दुराडाँडामा २ दिने शिक्षक बिकास तालिम कार्यक्रम सम्पन्न
माघ ५, २०८१ शनिबार
चिसोले सर्लाहीको जनजीवन कष्टकर
माघ ५, २०८१ शनिबार
नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने
माघ ५, २०८१ शनिबार