भीम रावलले खोल्ने दल पुरानो ब्राण्ड नहुने, ५० वर्षे कम्युनिष्ट राजनीतिलाई विश्राम दिने
नेपालबहस संवाददाता
पुस १६, २०८१ मंगलबार १२:२१:५०
१६ पुस, काठमाडौं । मुलुकका रातो झण्डा र कम्युनिष्ट नामधारी दलका पसलहरू धेरै भएको बेला नेकपा (एमाले) बाट निष्कासित नेता डा. भीम रावलले भने नयाँ पसलको ब्रान्डिङ गर्ने भएका छन् । कुनै कम्युनिष्ट नाम र सिद्धान्तको फ्रेन्चाईज नलिई नयाँ दल खोल्ने गृहकार्यमा भीम रावल लागेका हुन् ।
बुधबार पत्रकार सम्मेलनबाट पार्टीको कार्यक्रम र नीतिबारे जानकारी गराउने र देश दौडाहामा निस्किने तयारी गरिरहेका रावलले १० वर्षभित्र नयाँ दललाई मुलुकको पहिलो दल बनाउने गरी अभियान चाल्ने निकटवर्ती नेताहरूसँग बताउन थालेका छन् । देश दौडाहाबाट प्राप्त सल्लाह र सुझावका आधारमा पार्टी बनाउने तयारी रावलले बताए पनि यसको गृहकार्य निकै अगाडिबाट भएको हो । उनले आफ्नो जीवनकालको ५० वर्ष कम्युनिष्ट पार्टीमा विताए पनि अब यही महिनाबाट विश्राम दिदैछन् । कुनै बेला कम्युनिष्ट पार्टीको इतिहास लेखक समेत रहेका रावलले जीवनको उद्धार्धमा कम्युनिष्ट पार्टीभन्दा बाहिर रहने निश्चित जस्तै भएको छ ।
पार्टीको नाम भने कम्युनिष्टमा सीमित नगर्ने रावलको रणनीति छ । कम्युनिष्ट तथा गैरकम्युनिष्ट पार्टीका असन्तुष्ट नेताहरूलाई समेट्ने गरी पार्टीको नाम गैरकम्युनिष्ट हुने रावल निकटहरु दावी गर्छन । त्यसो त रावलले कम्युनिष्ट तथा गैरकम्युनिष्ट पार्टीका नेताहरूसँग संवाद अघि बढाइसकेका छन् । सोमबार मात्रै उनले नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल र नेकपा (एकीकृत समाजवादी) का पूर्वकेन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका सांसद तारा जोशीसँग संवाद गरेका थिए ।
बुधबार पत्रकार सम्मेलन गरेपछि जनआवाज सुन्न देशभर हिँड्ने र त्यहाँबाट प्राप्त सल्लाह र सुझावलाई समेट्दै पार्टी निर्माणमा जुट्ने तयारी रावलको रहेको छ । अहिलेका लागि अभियान भनेर देश दौडाहामा निस्किने तयारी रावलको छ । उक्त अभियानमा जतिसक्दो नेताहरू जोड्ने तयारी रहेको नेताहरूले बताएका छन् । त्यसअनुसार पार्टी घोषणा गर्ने रावलको तयारी छ ।
लामो समय एमाले अध्यक्ष केपी ओलीसँग अन्तरसंघर्ष गरेका रावल अघिल्लो साताबाट एमालेले निष्काषण गरेपछि कम्युनिष्ट सिद्धान्तबाटै अलग भएका छन् । एमालेले साधारण सदस्यबाट समेत निकालेपछि रावल विकल्पमा नयाँ पार्टी खोल्ने तयारीमा जुटेका हुन् । रावलनिकट नेता र उनीसँग छलफलमा रहेका नेताहरूको भनाइमा गैरकम्युनिस्ट पार्टी खोल्ने रावलको तयारी छ । जीवनका झन्डै ६९ वसन्त पारेका रावल कम्युनिस्ट राजनीतिमा थिए ।
एमालेको कारबाहीपछि रावल कम्युनिस्ट राजनीतिबाट विरक्तिएको देखिन्छ । यद्यपि, जीवनभर कम्युनिस्ट राजनीतिक गरेका रावलले खोल्ने पार्टी कुन राजनीतिक सिद्धान्तको होला भन्ने चाहिँ चासो छ । रावल २०३० सालबाट प्रगतिशील विद्यार्थी राजनीतिमा जोडिएका थिए । रावलले २०४८ सालको आमनिर्वाचनमा अछाममा टिकट पाए तर हारे । २०५१ सालमा दोस्रोपटक भीम रावलले नै टिकट पाए र जिते । पहिलोपटक निर्वाचन जितेका रावल एमाले अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री बन्दा नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्री भए । २०५४ सालमा एमालेको नेपालगन्जमा भएको छटौँ महाधिवेशनबाट रावल केन्द्रीय सदस्य बने ।
तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वको सरकारमा रावल गृहमन्त्री बनेका थिए । एमालेको नवौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । एघारौँ महाधिवेशनमा अध्यक्ष ओलीविरुद्ध उम्मेदवारी दिएका थिए । ओलीले जिते उनले हारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार