नेपाललाई हिन्दू अधिराज्य बनाउने विषयमा दिल्लीमा बहस
नेपालबहस संवाददाता
पुस १६, २०८१ मंगलबार १७:१७:२६
१६ पुष, दिल्ली । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष अस्मिता भण्डारीलाई भारतको नयाँ दिल्लीमा स्वागत एवम् सम्मान गरिएको छ । विश्व हिन्दु महासंघ भारत च्याप्टरका अध्यक्ष एवम् अन्तर्राष्ट्रियका उपाध्यक्ष महन्त सुरेन्द्रनाथ अवधूत लगायतका सन्त महन्त एवम् भारत च्याप्टर भण्डारीलाई अन्तर्राष्ट्रिय अध्यक्ष भए पश्चात् बधाई एवं सम्मान गरिएको छ ।
विश्व हिन्दु महासंघको ४४ बर्से इतिहासमा उनी पहिलो महिला अध्यक्ष बन्नु भएकी हुन् । अध्यक्ष बनेपछि विश्व हिन्दु महासंघ भारतका अध्यक्ष एवम् अन्तर्राष्ट्रिय उपाध्यक्ष महन्त सुरेन्द्रनाथ अवधूतको निमन्त्रणामा उहाँ एक साता लामो भारत भ्रमणमा गएकी हुन् । महन्त सुरेन्द्रनाथजीले यसै साता उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई लखनउमा भेट गरे, लखनउबाट फर्किए लगत्तै अध्यक्ष भण्डारीलाई भारत भ्रमणमा बोलाइएको हो ।
महासंघका पदाधिकारीहरु, राष्ट्रिय स्वयंसेवक संघका प्रचारकहरु, भारतीय जनता पार्टीका केही नेताहरु र हिन्दुवादी उच्च पदस्थ ब्यक्तित्वहरुले भण्डारीलाई स्वागत गरे । यसपटक अध्यक्ष भण्डारीले हिन्दुबादी नेता एवम् भारतीय जनता पार्टीका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको विश्व हिन्दु महासंघ भारतका महामन्त्रीले जानकारी दिए ।
नेपालमा राजा सहितको हिन्दु राष्ट्रको पक्षमा विश्व हिन्दु महासंघले वकालत गर्दै आएको छ । दिल्लीमा सम्पन्न कार्यक्रममा अध्यक्ष भण्डारीले भनिन्, नेपाल संसारको एक मात्रै हिन्दु अधिराज्य हो , जहाँ ८१% भन्दा धेरै हिन्दु धर्मावलम्बीको बसोबास रहेको छ ।
संसारमा धेरै कृश्चियन देश छन्, ईस्लामिक देश छन् भने नेपाल हिन्दु अधिराज्य किन हुन सक्दैन ? विश्व हिन्दु महासंघको अबको एक मात्रै उद्देश्य रहेको छ। त्यो भनेको नेपाललाई पुनः हिन्दु अधिराज्य बजाउने । यो धेरै चुनौती पूर्ण छ । त्यसका लागि भारतको मद्दत अनिवार्य छ ।
नेपाललाई हिन्दु अधिराज्य पुर्नस्थापना गर्ने मुख्य एजेन्डा यसपटक महासंघको ११ ओैं महाधिवेशनबाट पास गरिएको छ । सो कार्य पूरा गर्न नेपाल – भारतको हिन्दु समाज एक भएर काम गर्ने महासंघको योजना रहेको छ ।
अध्यक्ष भण्डारीले हिन्दु राष्ट्र र राजसंस्थाको बारेमा भारतीय हिन्दु नेताहरुसँग छलफल गर्ने बुझिएको छ । योगी आदित्यनाथ र राजा ज्ञानेन्द्र बिचको सूत्रधारका रुपमा काम गर्दै आएकी भण्डारीलाई अध्यक्ष बनाउन दक्षिणको भूमिका प्रमुख रहेको महामण्डलेश्वर आत्मानन्द गिरीले सार्वजनिक कार्यक्रममा भने ।
गिरीका अनुसार विश्व हिन्दु महासंघको अधिवेशनमा हिमाली या पहाडी मूलका साधु सन्तहरुलाई सहभागी गराइएन भारतको रणनीति अनुसार महाधिवेशन सम्पन्न भयो । योगी आदित्यनाथले भारतका प्रत्येक स्टेटका प्रतिनिधिहरुलाई जनकपुर सम्मेलनमा भागलिन पठाए । भारत उत्तर प्रदेशका अध्यक्ष भिखारी प्रजापति र राष्ट्रिय महामन्त्री योगी राजकुमारनाथ योगी आदित्यनाथको प्रतिनिधिका रुपमा जनकपुर आएका थिए ।
हाल पूर्वराजा ज्ञानेन्द्र लखनउको १० दिने भ्रमणमा रहेका छन् । लखनउमा उनले उत्तरप्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथ जीसँग भेटघाट गर्ने कार्यक्रम छ । यसै समयमा अध्यक्ष भण्डारी दिल्ली भ्रमणमा रहेकी छन् । नेपाल र भारतको सांस्कृतिक सम्वन्धलाई अझै प्रगाढ बनाउन बिश्व हिन्दु महासंघको भूमिका महत्त्वपूर्ण हुने महन्त सुरेन्द्र नाथले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौन स्नान गरी मनाइयो सोमबारे औँशी
पुष १५, २०८१ सोमबार
लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो स्वास्थ्यमन्त्री पौडेललाई प्रतिवेदन
पुष १९, २०८१ शुक्रबार
क्यालिफोर्नियामा विमान ठोक्किँदा दुईको मृत्यु, १८ घाइते
पुष १९, २०८१ शुक्रबार
युद्ध बिराम उलङ्घन गर्दै इजरायलद्वारा लेबनानमा बमबारी जारी
पुष १९, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिकोत्सवका अवसरमा ७ सय ५७ जनाले गरे रक्तदान
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रिय समिति बैठक सुरू
पुष १९, २०८१ शुक्रबार