मुम्बई ईन्डियन्स ईन्डियन प्रिमियर लिग क्रिकेटको फाइनलमा
इन्द्र रिजाल
बैशाख २५, २०७६ बुधबार १२:४३:१६
एजेन्सी । मुम्बई ईन्डियन्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर खेलमा चेन्नेई सुपर किंग्सलाई ६ विकेटले हराउँदै मुम्बईले फाइनलमा स्थान पक्का गरेको हो ।
१ सय ३२ रनको लक्ष्य मुम्बईले ९ बल बाँकी छँदै मात्र ४ विकेट गुमाएर पुरा गर्यो । ओपनर रोहित शर्मा ४ र क्विनटन डी कक ८ रनमा पोविलियन फर्किएपनि सुर्यकुमार यादवले मुम्बईको ईनिङ्सलाई अघि बढाए ।
उनले नटआउट ७१ रनको अर्धसतकीय पाली खेले । इशान्त किसनले २८ रन बनाए । हार्दिक पाण्डेया शुन्य रनमा पवोलियन फर्किए ।चेन्नेइका इमरान ताहिरले सर्वाधिक दुइ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ३१ रनमात्र बनाउन सक्यो । अम्बातु रायडुले ४२ र कप्तान महेन्द्र सिंह धोनीले नटआउट ३७ रन बनाएको ईनिङ्समा चेन्नेईले सामान्य लक्ष्य प्रस्तुत गरेको थियो ।
दुवैले पाँचौ विकेटका लागि ६६ रनको साझेदारी गर्दै टोलीको ईनिङ्स उकासेका थिए । ओपनर फाफ डु प्लेसिस ६ रनमा आउट हुदाँ सेन वाटसन १० रनमा पोविलियन फर्किएका थिए । सुरेश रैना ५, मुरली विजयी २६ रनमा आउट भएका थिए ।
मुम्बईका राहुल चाचरले २ तथा कुर्नाल पाण्डेया र जयन्त यादवले समान एक विकेट लिए । दुई टोली पहिलो क्वालिफायर खेलमा मैदान उत्रिएका थिए ।
चेन्नेईले दोस्रो ईलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादको बिजेतासंग खेल्नेछ । पहिलो ईलिमिनेटर राउण्डमा भोली ९बुधबार० दिल्ली र हैदरावाद भिड्नेछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार