यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुस १८, २०८१ बिहिबार ११:३६:५५
१८ पुस, काठमाडौं । विदुर नगरपालिका वडा नं. २ शेरा स्थित शेरा(रानी)को दरबार विसं.२०३५ सालमा नापी हुदाँ उक्त दरबार सहित दरबार र त्यस आसपासका सरकारी जग्गाहरु गौरीशंकर कृषि फार्मिङ प्रालीको नाममा दर्ता कायम भएर त्यसको व्यावसायिक कारोबार भइरहेको थियो । त्यसअघि ऐतिहासिक शेरा दरबार विसं. २००० सालमा तत्कालीन प्रधानमन्त्री जुद्धसमशेर राणाले पुर्ननिर्माण गर्न लगाएका थिए । उक्त दरबार प्रजातन्त्रको स्थापना पश्चात सरकारले नै प्राप्ति गरेको थियो । जुद्धशमसेरपछि सरकारको नाममा रहेको जग्गा पछि राजा महेन्द्रको भाई वसुन्धराको श्रीमति हेलेन शाह (उनी जुद्ध समशेरको नातिनी पर्ने) उनीहरुले भोगचलन गर्दै आइरहेको थिए ।
विसं.२०३५ सालमा सरकारले खटाएको नापी टोलीबाट दरबार सहित दरबार आसपासका सरकारी जग्गाहरू समेत नापी किताबमा उल्लेख गरेर गौरीशंकर फार्मिङ प्रालीको नाममा कायम भएको ‘जग्गा दर्ता श्रेस्ता’ कितामा उल्लेख गरिएको छ । उक्त दरबारले चर्चेको र आसपासको बगैचाँ सहितको ७५ रोपनी जग्गाहरू सहित सरकारी जग्गा कायम रहेको र त्यसको साँधसिमाका थप केही जग्गा २०३५ सालअघि नै हेलेन शाहले स्थानीय बाट खरिद गरेको भन्ने पाइएको छ ।
ती सबै जग्गाहरू समेत गरेर कुल १६४ रोपनी १३ आना ३ पैसा १ दाम क्षेत्रफल रहेको (आलिकान्ला सहित १७५ रोपनी ८ आना २ दाम) जग्गा विसं.२०३५ सालमा नापी हुदाँ गौरीशंकर फार्मिङ प्रालीको नामम कायम गरेको र सोही जग्गाको दर्ता श्रेष्तामा विस २०४४ साल असार ११ को निर्णय अनुसार उक्त प्रालीको सट्टामा अन्नपूर्ण फार्मिङ प्राली कायम गरेको भनेर २०४४ असार १८ को मितिमा उल्लेख गरिएको छ । उक्त अन्नपूर्ण फार्मिङ प्रालीको नाममा कायम भएको ती जग्गाहरु विदुर नगरपालिका वडा नं. २ स्थित कित्ता ८२ ,८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५,९७ र ९८ गरेर १३ वटा कित्तामा रहेका अन्नपूर्ण फार्मिङ प्रालीको नामबाट उक्त प्रालीको खरिद विक्री भएर रानीको दरबारको रुपमा रहेको जग्गाहरूको प्रालीसहित कारोबार भएको पाइएको छ ।
उक्त दरबार सहितको फार्मिङ कम्पनीको नाममा बनाइएको जग्गाहरू आवादी ३ कित्ता मात्र रहेको छ भने प्रति (सरकार) जग्गा ५ कित्ता, ३ कित्ता जग्गा पोखरी, १ कित्ता जग्गा केरा र १ कित्तामा बगैचा रहेको जग्गाधनी श्रेष्ता किताबमा नै उल्लेख छ । प्रति, पोखरी, केरा र बगैंचा भएका जग्गाहरू स्वतः सरकारी जग्गा हुने भएपनि ती जग्गाहरू समेत फर्मिङ प्रालीको नाममा नापी भएको पाइएको छ ।
उक्त स्थानमा नै रानीको दरबारको रुपमा चर्चिएको जग्गाहरू कित्ता ७९, ८० र ८१ (८१ नं. को कित्ता टुक्राएर हाल १७५२ र १७५३ बाइएको छ ।) भने हेलेन शाहबाट बट्टार निवासी रजनी श्रेष्ठ र वर्षा बस्नेत (चित्रकार)को सयुक्त नाममा करीब २० रोपनी जग्गाहरू बिक्री गरेको पाइएको छ । उक्त जग्गा धनीहरुले ८१ नं. को कित्ता टुक्राएर वर्षा बस्नेतको दाई तादी गाँउपालिका नर्जामण्डप निवासी हाल काठमाडौ बस्ने बसन्तबहादुर बस्नेतलाई मिति २०८० माघ १५ गते ९ आना जग्गा रु पाच लाखमा विक्री गरेको पाइएको छ । ८१ नं को कित्ताबाट टुक्राएपछि बाँकी ६ रोपनी जग्गाहरू बट्टार निवासी रजनी श्रेष्ठ र वर्षा बस्नेत (चित्रकार)को संयुक्त नाममा किता नं. १७५३ बनाएर राखिएको छ ।
उक्त जग्गा खरिद गर्ने बसन्तबहादुर बस्नेत भन्ने व्यक्ति कानून व्यवसायी हुन् भने नेकपा एकीकृत समाजवादीका जिल्ला नेताको रुपमा आफूलाई चिनाउँछन् । पाटीमा जिल्ला कमिटी सदस्य रहेका छन् । उनको काम नेकपा एमाले र यसमा आबद्धलाई चर्को विरोध गर्नमा नै बित्ने गर्दछ । उनले काठमाडौं डाँडागाँउमा बनाएको घरको साँधमा रहेको सार्वजनिक जग्गा मिचेर चर्चिरहेका छन भने नर्जा निवासी उनी सामान्य जीवनशैली र मध्यम आर्थिक हैसियका व्यक्ति काठमाडौंमा बसेर कानून व्यवसायी गर्ने क्रममा देशभर विशेष गरेर सर्वाजनिक, गुठी, विर्ता जग्गाको विषयमा न्यून शुल्क लिएर वकालती गरिदिने र मुद्धा जिताउन पहल गछु भन्ने र त्यसपछि मुद्धा पक्षमा आएपछि जग्गा नै वा थप मोटो रकम लिने गरेको स्थानीयहरू बताउने गरेका छन् । उनले कमाएको सम्पत्तिहरु अवैध हुनसक्ने भएपनि अन्य व्यक्ति मार्फत उनले जग्गा जमिनमा नै लगानी गर्दै आइरहेको पाइन्छ ।
कित्ता नं. ७९, ८०र ८१ मा रहेका जग्गाहरुमा हेलेन शाहले बस्न बनाएको सुविधासम्पन्न आवासीय १० कोठामा रहेका एकतले संरचनामा रहेका कोठाहरू, दरबार सुरक्षार्थ नेपाली सेना बस्न विसं. २०२८ सालमा बनाएको सैनिक आवास ब्यारेकका पाच कोठा, गाडी राख्न बनाएको ग्यारेज सहितको संरचनाहरू रहेको ती केही प्रयोगमा रहेको र केही जीर्ण बनाइएको देखिएको छ ।
रानीको दरबारको रुपमा परिचित उक्त शेरा दरबारलाई विसं. २०५९ पुस १२ गते नेकपा माओवादीले आगो लगाइदिएर क्षति पुराइदिएका थिए । माओवादीले उक्त दरबारमा आगो लगाउने समयमा दरबार रेखदेखको लागी स्थानीय ज्ञानकुमार डंगोलको परिवार दरबार भित्र नै बस्दै आएको र आगलागीबाट उनीहरुको सबै धनसम्पत्ति सहित दरबारमा क्षति पुगेको थियो । उक्त दरबार त्यसपश्चात हाल भग्नावशेस अवस्थामा पुर्याइएको छ ।
केही जानकारी
शेरा दरबारलाई नेपाल एकीकरणको समयमा नुवाकोटको साततले दरबार बनाएपछि ग्रीष्मकालीन दरबारको रुपमा शेरा दरबार बनाएको र उक्त दरबारमा गर्मीको समयमा रानी बसोबास गरेकाले रानीको दरबार भनेर भन्ने गरेको । इतिहास जोडिएका केही तथ्यहरूमा ती कुराहरू उल्लेख छ । उक्त दरबारमा पछि विभिन्न कारणले क्षति पुगेपछि त्यसको जानकारी पाए पश्चात जुद्ध समशेरले पुर्न निर्माण गर्न लगाएको भन्ने पाइन्छ ।
दरबार भएको र आसपासका १८१ रोपनी भनिएको तर नाप जाँचमा १७५–८–०–२ क्षेत्रफल देखिएको जग्गा विसं. २०४९ सालमा (दरबार क्षति हुनुपूर्व चालु अबस्थामा रहदाँ) छाउनी, काठमाडौं निवासी बाघबहादुर श्रेष्ठले उक्त कृषि प्राली खरिद गरेको । त्यसपश्चात उक्त दरबार सहित जग्गाको भोगचलन बाघबहादुरका छोरा केदार श्रेष्ठ र ज्वाई नरेन्द्र प्रधानले गर्ने गरेको । उनीहरुले नै उक्त दरबार हेरचाह आसपासको जग्गामा खेती किसानी गर्न हेरालु राखेको, उत्पादित कृषि उब्जनी काठमाडौं लैजाने गरेको । दरबार क्षति हुदाको बखत विस २०५९ पुस १२ मा दरबारमा आगजनीको समयमा हेरालु विदुर–२ निवासी ज्ञानकुमार डंगोलको परिवार बसोबास गरेको र त्यसपश्चात उनीहरुको सबै सम्पत्ति दरबारसगैँ जलेको, उनीहरु त्यहाँबाट बट्टार विस्थापित भएको । सो सँगै जीर्ण भएको दरबारको भग्नावशेषमा पुगेको, आसपासका जग्गाहरू बाझो बन्दै आएको ।
शेरा दरबार र उक्त स्थानमा १८१ रोपनी जग्गा रहेको र थप करीब २० रोपनी जग्गा हेलेन शाहले थप गरेको । सोही थप गरेको स्थानमा सुविधासम्पन्न आवास (कुटी) सैनिक ब्यारेक लगायतका संरचना बनाएको । त्यही कित्ता नं. ७९, ८० र ८१ नं. को करीब २० रोपनी जग्गा नै २०५३ पुस ७ मा हेलेन शाहबाट केदारनाथ श्रेष्ठलाई बिक्री गरेको, २०७६ असोज २९ मा केदारले बट्टार निवासी रजनी श्रेष्ठ, शिला श्रेष्ठ र वर्षा बस्नेतलाई विक्री गरेको र पछि शिला श्रेष्ठले उनीहरुलाई जग्गा दिएर आफू अलग भएको मालपोत कार्यालयको तथ्याङ्कमा पाइएको छ । तर, जग्गा खरिद गर्नेहरू बट्टार निवासी रजनी श्रेष्ठ र बर्षा बस्नेत (चित्रकार)ले भने आफूहरूले २०६४ सालमा हेलेन शाहसँग रु ७५ लाखमा खरिद गरेको भन्ने गरेको पाइएको ।
बट्टार निवासी रजनी श्रेष्ठ र बर्षा बस्नेतको नाममा नुवाकोटका केही भू–माफियाहरुले दरबार रहेको जग्गा समेत हुने गरेर अन्नपूर्ण फार्मिङ प्रालीको नाममा रहेको जग्गा आफ्नो नाममा ल्याउन चार करोड रुपैयाँमा सहमति गरेको तर, पछि प्रालीको नामको जग्गा व्यक्तिको नाममा ल्याउन नमिल्ने भएर रोकिएको भन्ने बुझिएको । तादीको नर्जामण्डपमा जन्मिएकी बर्षा बस्नेतको दाई जो अहिले कित्ता नं ८१ टुक्राएर ९ आना जग्गा लिएका छन् उनी सरकारी, गुठी र विवादित जग्गा प्राप्तिको लागी माफियाको रुपमा चिनिन्छन् । उनीहरुले बाँकी जग्गा पनि आफ्नो नाममा ल्याउन निरन्तर प्रयास गरिरहेको ।
विसंं २०६९ सालतिर वा आसपासको समयमा अन्नपूर्ण प्रालीलाई विकेश श्रेष्ठ सहितको व्यक्तिहरुले खरिद गरेको र त्यसपछि उनीहरु नै यहाँको जग्गा संरक्षणको रुपमा देखा परेको । विकेश श्रेष्ठ पुष्पकमल दाहाल प्रचण्डको जिवनसंगिनी सीता दाहालको मामाको छोरीको श्रीमान (नातामा साढुभाई) भएको भन्ने बुझिएको तर प्रमाणित नभएको । उनी २०६४ मा प्रचण्ड प्रधानमन्त्री हुदाँ स्वकिय सचिवको जिम्मेवारीमा रहेको । उनले उक्त प्राली खरिद गरेपछि २०७३–७४ को समयमा सिता दाहाल ३–४ पटक शेरा स्थित जग्गामा आएको । उक्त जग्गा, भूगोल मन परेको भनेपछि उहाँको आग्रहमा विकेश श्रेष्ठले तीनतले पक्की निवास सुविधासम्पन्न घर निर्माण गरेको । तर, सिता दाहालको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि यहाँ बस्न आउन नसकेको । सोही कारण निर्माण सम्पन्न पश्चात् उक्त घर हालसम्म नै उपभोग बिहिन रहेको ।
हेलेन शाहले उपभोग गर्ने गरेको उक्त शेरा दरबार प्रति धेरै नै रुची रहेको, दरबार नजिकै कुटी निर्माण गरेको, सैनिक सुरक्षामा बसोबास गर्ने गरेको, सोही स्थानका बासिन्दाको शिक्षामा सुधार गर्न अन्नपूर्ण समेत नाम कायम रहने गरेर अन्नपूर्ण पञ्चकन्या प्राथमिक (हाल आधारभूत) विद्यालय वि सं. २०३४ सालमा स्थापना गरेको, उक्त विद्यालयमा शिक्षक उपलब्ध गराउने, छात्रवृत्ति वितरणमा आफै सहभागी हुने गरेको । स्वास्थ्य चौकी पनि स्थापना गर्ने उहाँको सोच रहेको तर, उक्त कार्य भने सफल नभएको ।
शेरा दरबार र उक्त स्थानमा पर्ने कित्ता नं ७९, ८० र ८१ मा कायम रहेको २० रोपनी जग्गा खरिद गर्ने रजनी श्रेष्ठको श्रीमान धुव्र श्रेष्ठले २०६४ मा उक्त जग्गा खरिद गरेको र बाँकी दरबार सहितको जग्गा पनि खरिद गर्न नमिलेपछि त्यसपछि विकेश श्रेष्ठसँग अन्नपूर्ण फार्मिङ प्रालीमा ध्रुव श्रेष्ठको तर्फबाट शेयर रहेको समेत भन्ने बुझिएको । उक्त दरबार सहितमा पर्ने जग्गाहरू आफ्नो पक्षमा ल्याउन निज धुव्र श्रेष्ठ, वर्षा बस्नेत (चित्रकार)को ससुरा बा धन नारायण चित्रकार सहितको समूह अहिले पनि सक्रिय रुपमा लागिरहेको ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार