पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
नेपालबहस संवाददाता
पुस १९, २०८१ शुक्रबार १२:३५:५०
१९ पुस, काठमाडौं । नेपाली राजनीतिमा दीर्घकालीन प्रभाव पार्ने बिहीबार दुई तस्वीर सार्वजनिक भए । पहिलो थियो, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच दुई घण्टासम्म भेट भएको तस्वीर । दोस्रोे, बिहिबार नै नेकपा माओवादीको स्थायी कमिटी बैठकमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भएको तस्वीर । दुबै पहिलो विशिष्ट पदमा बसेर पछि पुनः पार्टी राजनीतिमा फर्किन चाहिरहेका व्यक्ति हुन् ।
नेपालको कम्युनिष्ट इतिहासमा यी दुवै पात्र ऐतिहासिक छन् । दुवै जना कम्युनिष्ट पृष्ठभूमिबाट आएर राष्ट्रपति र उपराष्ट्रपति पदबाट रिटायर्ड भएका हुन् । पार्टीको सिफारिसमा दुई पटक मुलुकको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपति भैसकेका छन् । उनीहरू दुवै जना यतिबेला पार्टी राजनीतिको ‘स्पेश’खोज्दै आ–आफ्नो दलका तथा नेताहरूसँग भेटघाट र छलफलमा अभ्यस्त रहेका छन् । त्यही बेला एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार पार्टीको सचिवालय बैठकबाट भंगालस्थित पूर्व राष्ट्रपति भण्डारी निवास पुगे त्यहाँ उनीहरूबीच दुई घण्टा कुराकानी भयो ।
पूर्वराष्ट्रपति विद्या भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पार्टी राजनीतिमा सक्रिय हुने चर्चा चलिरहेको बेला यी दुई तस्वीरले नेपाली राजनीतिको एउटा घटनाक्रमको पटाक्षेप हुन लागेको देखिन्छ । नेकपा एमालेबाट दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारी राजनीतिमा सक्रिय हुने हल्ला चलिरहेका बेला माओवादी केन्द्रले भने पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्ष मनोनयन गर्ने गृहकार्यसहित बैठकमा सहभागी गरायो । माओवादी बैठकमा उनी सहभागी भएपनि एमालेले भने भण्डारीलाई औपचारिक बैठकमा लान चाहेको छैन ।
पुनलाई पार्टी राजनीतिमा ल्याएर माओवादी केन्द्रले एमालेको राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय बनाउने गरी उकास्न थालेको छ । माओवादी पदाधिकारी बैठकले पुनलाई उपाध्यक्ष बनाउने निर्णय नै गरिसकेको छ । त्यसका लागि पदाधिकारी बैठकले विधान संशोधन गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा महासचिव देवप्रसाद गुरुङ तथा उपमहासचिवहरू वर्षमान पुन र जनार्दन शर्मा सदस्य रहेको कार्यदल बनाएको थियो । आउने केन्द्रीय समितिको बैठकबाट संशोधित विधान पास भएपछि पुन उपाध्यक्षमा मनोनीत हुने माओवादी नेताहरूको दाबी छ ।
गत मंसिर ३० मा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपतिलाई राजनीतिमा ल्याउने गरी धेरै नउकास्न पार्टी पंक्तिलाई आग्रह गरेका थिए । भण्डारीलाई पार्टीले नै राष्ट्रपति बनाएका कारण पार्टीभित्र आवश्यक भए आउन पनि सक्ने भन्दै धेरै उचालिरहनु आवश्यक नभएको बताएका थिए। तर भण्डारी स्वयंले भने राजनीतिमा आउने÷नआउने भन्ने बारेमा औपचारिक धारणा सार्वजनिक गरेकी छैनन् । बिहिबार ओलीसँगको भेटघाटमा उनले राजनीतिमा आउने इच्छा जाहेर गरेकी भएपनि त्यसलाई एमाले पक्तिले सार्वजनिक गर्न चाहेको छैन ।
ओलीले पनि राजनीतिमा सक्रिय हुने कि नहुने उनीसँगै सम्बन्धित विषय भएकाले कसैले हल्ला चलाएको वा सक्रियताका लागि आग्रह गरेकै भरमा भण्डारी राजनीतिमा सक्रिय नहुने बताउँदै आएका छन् । यद्यपि, भण्डारी राजनीतिमा आउन चाहे एमालेले सोच्न सक्ने पनि ओलीले बताउँदै आएका छन् । महासचिव शंकर पोखरेलले भण्डारी राजनीतिमा आए स्वागत गरिने बताएका छन् । एमाले पंक्ति सकारात्मक देखिँदै गएको आभास हुन्छ ।
अध्यक्ष केपी ओलीले नै गत वैशाख ९ मा ललितपुरको गोदावरीमा आयोजित पार्टी स्थापना दिवस र अर्को एक सार्वजनिक कार्यक्रममा भण्डारीले पार्टीभित्र सक्रिय भएर योगदान दिन सक्ने संकेत दिएका थिए । त्यही समारोहमा पार्टीका तर्फबाट उनलाई ‘गणतन्त्र गौरव’ले सम्मानसमेत गरिएको थियो । यो सम्मानलाई पार्टीपंक्तिले दुईवटा अर्थमा लिएको थियो ।
केहीले गणतन्त्र गौरवले सम्मान गरेपछि पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा आउन अघोषित रूपमा बन्देज गरिएको अर्थमा लिएका थिए । केहीले भने पार्टी कार्यक्रममा सहभागी गराएर सक्रिय राजनीतिको ढोका खोलेको अर्थमा बुझेका थिए । त्यसयता पूर्वराष्ट्रपति भण्डारी पार्टीका केही खास कार्यक्रममा सहभागी भएकी छन् । २०८१ जेठ १५ गते पूर्वराष्ट्रपति भण्डारी पार्टीको औपचारिक कार्यक्रममा सहभागी भएकी थिइन् । एमालेको महिला भेलामा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि बनेकी छन् । सो भेलामा एमाले अध्यक्ष ओली विशेष वक्ताका रूपमा सहभागी भए । अध्यक्ष निर्वाचित भएपछि एमालेकै कार्यक्रममा ओली विशेष अतिथि बन्नुपरेको सम्भवतः त्यो पहिलो कार्यक्रम थियो ।
भेलाको आयोजना एमाले जनसंगठन समन्वय संयन्त्रले गरेको थियो । उनकै नेतृत्वमा संसद्बाट ३३ प्रतिशत महिला सहभागितासम्बन्धी विशेष प्रस्ताव पास भएर अन्तरिम संविधानमै अधिकार सुनिश्चित भएपछि एमालेले यसलाई आफ्नो एजेन्डाका रूपमा अघि सारिरहेको छ । पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने संकेतका रूपमा उनको राजनीतिक र सामाजिक कार्यक्रममा देखिएको सक्रियतालाई लिन सकिन्छ । त्यसबाहेक वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निवासमा केही महिला नेतृहरूसहित बहुसंख्यक पदाधिकारीहरूको बाक्लो आवतजावत र संवाद तथा जिल्ला नेतृत्व तहका नेताहरूको निरन्तर भेटघाटले भण्डारीलाई उत्प्रेरित गरिरहेको पाइन्छ ।
अध्यक्ष ओलीपछि दोस्रो पुस्तामा चुनावी प्रतिस्पर्धाबाहेक सर्वसम्मत नेतृत्व हस्तान्तरण सहज नभएको कारण देखाएर उनलाई पार्टी कमिटीमा सक्रिय बनाउन खोजिएको छ । त्यसबाहेक विभाजित पार्टी नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई एकतामा ल्याउनेदेखि वाम ध्रुवीकरणका सहजीकरण हुने केही नेताहरूको बुझाइका कारण पनि उनलाई राजनीतिप्रति रुचि जगाउँदै लगिएको एमालेका नेताहरूको दाबी छ । पूर्वराष्ट्रपति भण्डारीले यो विषयमा औपचारिक धारणा सार्वजनिक नगरे पनि उनलाई पार्टी पंक्तिमा सक्रिय भएको देख्न चाहने राजनीतिमा सक्रिय हुने धारणा सार्वजनिक गर्न थालेका छन् ।
गत भदौ ८ मा आयोजित युथ कन्क्लेभ–२०२४ समारोहका सहभागीको प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री ओलीले महिलालाई प्रधानमन्त्री बनाउने घोषणा गरेका थिए । आफ्नो पालामा महिला राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, रक्षामन्त्री र मुख्यसचिव बनाएको भन्दै ओलीले महिला प्रधानमन्त्री बन्न सक्ने धारणा राखेका थिए । २०७२ असोज ३ मा संविधान जारी भएपछि कात्तिक ११ गते नेपालको पहिलो महिला राष्ट्रपति निर्वाचित भण्डारीले अघिल्लो कार्यकाल दुई वर्ष चार महिना बिताएकी थिइन् ।
२०७४ सालको निर्वाचनपछि वाम गठबन्धनका तर्फबाट एमालेले उनै भण्डारीलाई पछिल्लो कार्यकालका लागिसमेत उम्मेदवार बनाएपछि २०७४ फागुन २९ बाट निर्वाचित राष्ट्रपतिका रूपमा २०७९ फागुन २८ गते पाँचवर्षे कार्यकाल पूरा गरेकी थिइन । राष्ट्रपतिबाट बिदा भएपछि आफ्नै निवासमा केही सञ्चारकर्मी र पार्टीका कार्यकर्ताहरूलाई बोलाएर राजनीतिक रुचिको विषयमा हलुका छलफल चलाएकी थिइन् ।
त्यति मात्र होइन, उनी राष्ट्रपति भवनबाट बाहिर आएपछि २०८० असार १४ गते मदन भण्डारीको जन्मजयन्ती मनाउन मदन भण्डारी फाउन्डेसनलाई सक्रिय बनाइएको थियो । मदन भण्डारीको जन्म दिन मनाउन र स्मृति दिवस मनाउन त्यसअघि पनि फाउन्डेसन सक्रिय थियो तर गत अलि विशेष बनाइएको थियो। मदन भण्डारीको ७२औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय सभागृहमा गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि बनिन् ।
फाउन्डेसनकै संरक्षक एवं एमाले अध्यक्ष केपी शर्मा ओली विशेष अतिथि रहेको उक्त कार्यक्रममा मदनको योगदानबारे चर्चा मात्रै नगरेर पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक सन्देशसमेत दिएकी थिइन । २०७२ कात्तिक ११ मा राष्ट्रपति बनेपछि भण्डारी राजनीतिक प्रकृतिका कार्यक्रमहरूबाट अलग भएकी थिइन् । गत २९ फागुनमा राष्ट्रपतिको दोस्रो कार्यकालसमेत सकिएपछि भण्डारी पहिलो पटक फाउन्डेसनको ब्यानरमा सार्वजनिक सहभागी भइन्। उनी फाउन्डेसनको कुनै औपचारिक पदमा थिइनन् ।
मदन जयन्ती मनाउन पूर्वराष्ट्रपति भण्डारीले एमालेका ११ वटा जनसंगठनलाई परिचालन गरेकी थिइन। पूर्वराष्ट्रपति भण्डारीले अनेरास्ववियु, राष्ट्रिय युवा संघ, अनेम संघ, खेलकुद महासंघ, प्रेस चौतारीलगायत जनसंगठनका पदाधिकारीको बैठकै राखेर योजना बनाएकी थिइन् । यसले गर्दा पनि उनी राजनीतिमा आउन चाहन्छिन् भन्ने संकेत बेलाबखत भइरहन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
गाजामा इजरायली हवाई आक्रमण र गोलाबारीमा कम्तीमा १८४ जनाको मृत्यु
पुष २१, २०८१ आइतबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार