भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
नेपालबहस संवाददाता
पुस १९, २०८१ शुक्रबार १५:३६:२९
१९ पुष, काठमाडौं । व्यवसायीहरूले भन्सार क्षेत्रभन्दा बाहिर गई वस्तु जाँच गर्दा लाग्ने महसुलको थप ५० प्रतिशत रकम धरौटी लिने व्यवस्था संशोधन गर्न माग गरेका छन् । यसबाट व्यवसायीलाई अनावश्यक बोझ र नगद प्रवाहमा चाप पर्ने भएकाले यो व्यवस्थालाई संशोधन गर्नुपर्ने उनीहरुको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० बारे सरोकारवालासँग गरेको छलफलमा यस्तो प्रस्ताव आएको हो । समितिले शुक्रबार नेपाल समुद्रपार निकासी पैठारी संघ, नेपाल पारबहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड र नेपाल इन्टरमोडल यातायात विकास समितिसँग छलफल गरेको हो ।
समुद्रपार निकासी पैठारी संघले व्यापार सहजीकरणका लागि विभिन्न विषयमा सहजीकरणका लागि सुझाव दिएको छ । भन्सार क्षेत्र बाहिर गई वस्तु जाँच गर्दा लाग्ने महशुलको थप ५० प्रतिशत रकम धरौटी लिने व्यवस्थाले व्यवसायीलाई अनावश्यक बोझ र नगद प्रवाहमा चाप पर्ने भएकाले यो व्यवस्थालाई संशोधन गर्नुपर्ने संघको माग छ ।
भन्सार अधिकृतले निर्धारण गरेको मूल्यभन्दा घोषणाकर्ताले घोषणा गरेको मूल्य १५ प्रतिशतभन्दा बढी भएमा मात्र त्यसलाई न्यून बिजकीकरण भएको मान्नुपर्ने, भन्सार जाँचपासका क्रममा प्रयोग हुने मूल्य सन्दर्भ पुस्तिका खारेज गरिनुपर्ने, भन्सार जाँचपासमा आएका वस्तुको ‘हाईमाइज्ड कोड’ अनुसार वस्तुको वर्गीकरण १५ दिनभित्र सक्नुपर्नेलगायत सुझाव आएका छन् ।
त्यस्तै, प्रशासकीय पुनरावलोकनमा गएका फाइलहरु टुंग्याउनका लागि समय तोक्न आवश्यक रहेको संघका प्रथप उपाध्यक्ष अनिल कुमार अग्रवालले बताए । वेयरहाउस सञ्चालनको अनुमति दिने निकाय बारे स्पष्ट कानुनी व्यवस्था गरिनुपर्ने, भन्सार कार्यालय परिसरमा वेयरहाउस सञ्चालनका लागि स्वीकृति दिँदा सरकारी कम्पनीलाई प्राथमिकता दिनुपर्नेलगायतका सुझाव दिएको छ ।
भन्सार मूल्यांकन पुनरावलोकन समितिले ९० दिनभित्र निर्णय गरिसक्नुपर्ने र सो समयभित्र समितिले निर्णय गर्न नसकेको अवस्थामा निवेदकले राजश्व न्यायाधीकरणमा निवेदन दिने सक्ने व्यवस्था भन्सार ऐनमा राख्नुपर्नेलगायतका सुझाव नेपाल पारबहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले दिएको छ । भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकुल हुनेगरी भन्सार ऐन संशोधन आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।
नेपाल संशोधित क्योटो महासन्धि सम्झौता र विश्व व्यापार संगठनको व्यापार सहजीकरण सम्झौताको पक्ष राष्ट्र हो । यी सम्झौताअनुसार संशोधित क्योटो महासन्धिका प्रावधानहरुमध्ये सामान्य प्रावधानहरु सदस्य भएको तीन वर्षभित्र तथा संक्रमणकालीन मापदण्डहरु पाँच वर्षभित्र कार्यान्वयनमा ल्याइसक्नुपर्ने महासन्धिमा उल्लेख छ । त्यस्तै, व्यापार सहजीकरणका लागि भन्सारसँग सम्बन्धित प्रावधानहरु भन्सार ऐन नियमबाट सम्वोधन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार
चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात
पुष ९, २०८१ मंगलबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
आइतबार ५ अंकले बढेर २५९१ मा बन्द भयो नप्से, ४ अर्ब ८६ करोडका शेयर खरिदबिक्री
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार