वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
नेपालबहस संवाददाता
पुस २०, २०८१ शनिबार ११:३८:४५
२० मंसिर, काठमाडौं । मंसिरमा बाणिज्य बैंकहरुले उच्च मुनाफा देखाएका थिए । अहिले बाह्य लेखापरीक्षणपछि सार्वजनिक भएको केही बैंकहरुको मुनाफा घटेको छ । यस्तो मुनाफामा १४ वटा वाणिज्य अन्यथा देखिएको छ । चालू आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुको मुनाफा २० अर्ब नाघेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले २२ अर्ब ९९ करोड रुपैयाँ मुनाफा कमाउँदा वाणिज्य बैंकहरुले मात्रै २० अर्ब बढीको मुनाफा गरेका थिए ।
असोज महिनामा १६ अर्ब ६ करोड मुनाफा कमाएका २० वटा वाणिज्य बैंकहरुले कात्तिक मसान्तमा आइपुग्दा २० अर्ब ६० करोड रुपैयाँ बराबरको मुनाफा कमाएको विवरण राखेका थिए । यो अनुसार कात्तिक महिनामा मात्रै बैंकहरुले ४ अर्ब ५४ करोड मुनाफा आर्जन गरेको देखिन्छ । यसमा पनि बैंकहरुको व्यवसायमा सुधार नदेखिँदा गत वर्षको तुलनामा यो मुनाफा कम नै हो । गत वर्ष कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले २० अर्ब ५६ करोड मुनाफा कमाएका थिए । यो वर्ष सोही अवधिमा २० अर्ब ६० करोड मात्र कमाएको देखियो ।
राष्ट्र बैंकका अनुसार अपरिष्कृत वित्तीय विवरण र त्यसको वाह्य लेखा परीक्षणपछि तथ्यांकमा मेल खाएको छैन् । नेपालका २० मध्ये १६ वाणिज्य बैंकले आर्थिक वर्ष २०८०÷८१ को लेखा परीक्षण गरी साधारणसभा आह्वान गरिसकेका छन् । जसमध्ये १४ बैंकले वाह्य लेखा परीक्षणपछिको वित्तीय विवरण सार्वजनिक भएको छ । यसअघि १० वटा वाणिज्य बैंकहरुको बाह्य लेखापरीक्षणको प्रक्रिया रद्द भएको थियो ।
गत वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले राखेको सर्तबमोजिम राष्ट्र बैंकले ती वाणिज्य बैंकको विदेशी लेखापरीक्षकबाट अडिट गर्ने प्रक्रिया अगाडि बढाएको थियो । आईएमएफले विभिन्न सर्त राखेर नेपालमा ३६ महिने नेपालमा सुधारको कार्यक्रम गरिरहेको छ । सोही कार्यक्रमअन्तर्गत ती वाणिज्य बैंकहरुको बाह्य लेखापरीक्षण गर्न आईएमएफको एउटा सर्त रहेको थियो । उक्त कार्यक्रमअन्तर्गत आईएमएफले विभिन्न किस्ता ऋण उपलब्ध गराउँदै पनि आएको छ ।
राष्ट्र बैंक स्रोतका अनुसार १४ वाणिज्य बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण र वाह्य लेखा परीक्षणपछिको वित्तीय विवरणमा खुद नाफा नै १३ प्रतिशतले फरक परेको छ । अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दा १४ वाणिज्य बैंकले ४७ अर्ब ३७ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा वाह्य लेखा परीक्षणपछि उक्त नाफा १२.९५ प्रतिशतले घटेर ४१ अर्ब २३ करोड ७३ लाखमा सीमित भएको छ । बैंकहरूले वित्तीय विवरण प्रकाशित गर्दा सम्भावित कर्जा नोक्सानीका लागि पर्याप्त रकम व्यवस्था नगर्दा लेखा परीक्षणपछि कर्जा नोक्सानी व्यवस्थामा वृद्धि भएर नाफा घटेको राष्ट्र बैंकको भनाई छ ।
अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दा १४ वाणिज्य बैंकले सम्भावित कर्जा नोक्सानीका लागि २१ अर्ब ५३ करोड ९२ लाख व्यवस्था गरेका थिए । वाह्य लेखा परीक्षणपछिको वित्तीय विवरणमा उक्त कर्जा नोक्सानी ३६.७० प्रतिशतले बढेर २९ अर्ब ४४ करोड ३९ लाख पुगेको छ । कर्जा नोक्सानीमा वृद्धि हुँदा बैंकहरूको प्रारम्भिक वित्तीय विवरणको तुलनामा वाहय लेखा परीक्षणपछि कर्जा नोक्सानी व्यवस्था उल्लेख्य बढेको छ भने नाफा घटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकद्वारा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २२, २०८१ सोमबार
ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिकोत्सवका अवसरमा ७ सय ५७ जनाले गरे रक्तदान
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सागसब्जी फलाएर जीविकोपार्जन गर्दै
पुष २२, २०८१ सोमबार
कास्कीमा लामिछानेका पक्षधर वकिलको बहस सुरू
पुष २२, २०८१ सोमबार
इटालियन प्रधानमन्त्री मेलोनी र ट्रम्पले सँगै हेरे फिल्म
पुष २२, २०८१ सोमबार
तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु
पुष २२, २०८१ सोमबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार