काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
नेपालबहस संवाददाता
पुस २१, २०८१ आइतबार २१:५६:४८
२१ पुष, काठमाडौं । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५के अन्तर्गतको क्लब काठमाडौं ताराले यही पुष २० गते शनिबार डिजी क्लब भिजिटसहित पिकनिक फेलोसिप कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको थानकोटस्थित रहेको त्रिभुवन पार्कमा आयोजित कार्यक्रमा लाइन लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो । क्लब भिजिट तथा फेलोसिप कार्यक्रम डिजी नीरा बज्राचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रमकी मुख्य अतिथि डिजी नीरा बज्र्राचार्यले लायन्स मेम्बरहरुले पालना गर्नुपर्ने अनुशासन र नियमहरुका विषयमा जानकारी गराएकी थिइन् । उनले लायन्स क्लब अफ काठमाडौं तारा विस्तारै सफलतातर्फ उन्मुख हुँदै आएको बताइन् । कार्यक्रममा छोटो सम्बोधन गरेकी डिजी बज्राचार्यले लायन्स सदस्यहरुले सामाजिक क्षेत्रमा निस्वार्थ ढंगले काम गर्नु पर्ने बताइन् । बज्राचार्यले काठमाडौं ताराले पिकनिकसहित फेलोसिप कार्यक्रम आयोजना गरेकोमा धन्यवाद पनि दिएकी थिएन् ।
यसैगरी सो कार्यक्रममा लायन लिडरहरु शैलेन्द्र दाहाल, हसन गोपाली, विष्णुहरी फुँयाल, महाप्रसाद पाण्डे र सुनिता मरहठ्ठा लगायतले काठमाडौं तारालाई आगामी दिनमा सफल कार्यक्रम सम्पन्न गरी लायन्स क्लबहरुमा उत्कृष्ट बन्न शुभकामना दिएका थिए । यस्तै कार्यक्रममा काठमाडौं ताराका चार्टर पे्रसिडेन्ट विशाल बर्तौला, क्लष्टर ७ कि प्रमुख अनिता रायमाझी खड्का,सीआई रिजन जिफ निसा श्रेष्ठ, जोन चियरपर्सन राजकुमार बस्नेत लगायत उपस्थित रहेका थिए ।
कार्यक्रमको सभापतित्व काठमाडौं ताराकी अध्यक्ष संगीता श्रेष्ठले गरेकी थिइन् । साइनिङ स्टारका चार्टर प्रेसिडेन्ट बद्री न्यौपानेले कार्यत्रममा सहजता प्रदान गरेका थिए । पिकनिक कार्यक्रमा लायन्स लिडर तथा सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमानव सेवाभन्दा ठूलो अर्को धर्म छैनः राष्ट्रपति पौडेल
पुष २१, २०८१ आइतबार
नेपाल प्रेस युनियनको निर्णयप्रति धर्मेन्द्र झाको असन्तुष्टि, सल्लाहकारबाट दिए राजीनामा
मंसिर २३, २०८१ आइतबार
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार
के तपाईलाई अत्यधिक रिस उठ्छ ? त्यसो भए यी कुरा जान्नुहोस्
पुष २३, २०८१ मंगलबार
एमाले केन्द्रीय समिति बैठक सुरू
पुष २३, २०८१ मंगलबार
कुखुरा फार्ममा आगलागी हुँदा धनमाल जलेर नष्ट
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
फिल्म 'गेम चेन्जर'को प्रि-रिलिजमा रामचरणका दुई फ्यानको मृत्यु
पुष २३, २०८१ मंगलबार