सार्वजनिक यातायात : सरकार भाडा दर मात्र बढाउँछ छैन सुधारका योजना [ फोटो फिचर ]
नेपालबहस संवाददाता
पुस २३, २०८१ मंगलबार १३:५०:४०
२३ पुस, काठमाडौं । हिजो सोमबारबाट लागु हुने गरी सरकारले सार्वजनिक सवारी साधनको भाडा दर बढाएको छ। यातायात व्यवस्था विभागले हिजाेबाट लागु हुने गरी यात्रु बाहक सवारी साधनको ३.३ प्रतिशतले भाडा वृद्धि गरेको जनाएको थियो ।
तर अहिले भने सरकार, यातायात व्यवसायी र यातायात मजदुर बीचको छलफल तथा समझदारीबाट भाडा दर निर्धारण नगरी भाडा दर समायोजन कार्यविधिका आधारमा मुख्यतया तीन अवस्थामा भाडा दर निर्धारण गरिएको छ ।
इन्धनको मूल्य पाँच प्रतिशत बढेको वा घटेको अवस्थामा त्यसै गरी हरेक वर्ष विभिन्न पाँच सूचक पारिश्रमिक, टायर, सञ्चालन खर्च, ह्रास कट्टी तथा मुनाफालाई आधार बनाएर र पाँच वर्षमा एक पटक पुनः सबै सूचकहरुलाई विश्लेषण गरेर ।
तर यी सबै अवस्थामा भाडा दर समायोजन गर्ने सरकार सार्वजनिक यातायात सुधारमा चाहिँ त्यति ध्यान नदिएको देखिन्छ । अहिले पनि यात्रुहरूले सार्वजनिक सवारी साधन चढ्न ठेलामठेल गर्नु पर्ने, घण्टौंसम्म कुर्नु पर्ने, उभिएर र झुन्डिएर यात्रा गर्नु पर्ने अवस्था जस्ताको त्यस्तै छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
माघे संक्रान्तिका लागि चाकु बनाउन भ्याइनभ्याइ [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार