नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स खोल्ने सरकारको निर्णय रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता
नेपालबहस संवाददाता
पुस २३, २०८१ मंगलबार १४:५:२५
२३ पुष, काठमाडौं । सर्वोच्च अदालतमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने सरकारको निर्णय रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मंगलबार कृष्णबहादुर थापाले ऐनमा भएको व्यवस्था विपरीत कार्यकार्यविधिमा मात्रै टेकेर नयाँ स्टक एक्सचेन्जको अनुमति दिइएको भन्दै सर्वोच्चमा रिट दिएका हुन् ।
मन्त्रिपरिषद् बैठकले पुस ५ गते नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा गठित अध्ययन समितिले तयार पारेको प्रतिवेदन अर्थमन्त्रालयमा पठाउने निर्णय गरेपछि नयाँ लाइसेन्स वितरणको काम अगाडि बढेको थियो ।
निवेदक थापाले कार्यविधिमा मात्रै टेकेर नयाँ स्टक एक्सचेन्जको अनुमति दिन लागिएको भन्दै सर्वोच्चमा रिट हालेका हुन् । थापाका अनुसार उक्त रिट उपर संबैधानिक इजलासमा सुनुवाइ हुनेछ । उनले नेपाल धितोपत्र बोर्डबाट जारी भएको धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८, संविधानको धारा १, धारा ४६, धारा १६२ समेतका संवैधानिक प्रावधान र त्यसमा अन्तरनिहित सिद्धान्तहरुसँग बाझिएको हुँदा संविधानको धारा १३३९१०, ९२० र ९३० बमोजिम अमान्य गर्न माग दाबी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार