रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
नेपालबहस संवाददाता
पुस २५, २०८१ बिहिबार २०:३७:१८
२५ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थुनामुक्त भएसँगै अब आफैँ काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने भएका छन् । बिहीबार कास्की जिल्ला अदालतले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । अदालतको आदेश बमोजिम धरौटी बुझाएर रवि रिहा भएको रास्वपा प्रवक्ता मनिष झाले बताए ।
सहकारी ठगी प्रकरणमा ८४ दिनपछि थुनामुक्त भएका उनलाई रिहा भएलगत्तै पुनः पक्राउ गर्ने प्रहरीको तयारी थियो । उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएपछि पुनः पक्राउ गरी काठमाडौं लैजाने तयारीबाट प्रहरी पछि हटेको छ ।
उनी अदालतबाट आफ्नै गाडीमा निस्किने र स्वास्थ्य परीक्षणका लागि अस्पताल जाने बताइएको छ । त्यसपछि उनलाई पार्टीको जिम्मा लगाइने प्रहरी स्रोतले बतायो । रविसहितका प्रतिवादीविरुद्ध कास्की, काठमाडौं, रुपन्देही, चितवन र पर्सा प्रहरीले सहकारी ठगी मुद्दा अगाडि बढाइएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुप्रिम सहकारी ठगी प्रकरणः रवि लामिछानेका वकिलको संख्या घटाएर आजै बहस सकाइने
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार