प्रधानमन्त्री स्वरोजगारमा फाराम भर्न कामपाको आग्रह, आवेदनका आधारमा लाभग्राही परिचयपत्र
इन्द्र रिजाल
बैशाख २५, २०७६ बुधबार १९:३:३४
काठमाडौं । काठमाडौं महानगपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा फाराम भर्न छुटेकालाई तत्काल भर्नको लागि आग्रह गरेको छ ।
यही वैशाख मसान्तसम्म फाराम भर्ने समयसीमा रहेको र सरकारले पहिलो पटक ल्याएको कार्यक्रम भएकाले छुटेकालाई कामपाले आग्रह गरेको हो ।
“३२ वडा रहेको कामपामा अहिलेसम्म जम्मा २७० जनाले मात्रै यस कार्यक्रममका लागि फारम भरेका छन्, यो सङ्ख्या अत्यन्तै कम हो”, महानगर प्रमुख विद्यासुन्दर शाक्यले भने “जानकारी नभएर पनि धेरैले आवेदन फारम भर्न नसक्नु भएको हो भने तत्काल भर्नुस् अझै केही दिन बाँकी छ ।”
एक आर्थिक वर्षमा न्यूनतम सय दिन रोजगारमा संलग्न नभएका परिवार, परिवारका सदस्य कोही पनि रोजगारी नभएका, परिवारका कुनै पनि सदस्य वैदेशिक रोजगारीमा नगएकाले यसका लागि आवेदन फारम भर्न पाउने कानूनी व्यवस्था छ । आवेदनका आधारमा आगामी आर्थिक वर्षदेखि लाभग्राही परिचयपत्र प्रदान गरिने छ ।
महानगरका ३२ वडामा वडा नं २८, २९, ३०, ३१ र ३२ वडाबाट भने एउटा पनि आवेदन नपरेको महानगरले जनाएको छ । उक्त कार्यक्रम गत फागुन १ गते प्रधानमन्त्रीले उद्घाटन गरेका थिए ।
सूचीमा परेकाले १०० दिनको काम पाउने, काम नपाउनेले निर्वाह भत्ता पाउने व्यवस्था रहेको छ । यसका लागि बेरोजगार नागरिक सम्बन्धित वडाको वडा कार्यालयमा गएर फारम भर्नुपर्ने छ ।
रोजगार कार्यक्रममा सूचीकृत भएपछि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँग काममा जोडिने जनाइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार