राजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
नेपालबहस संवाददाता
पुस २८, २०८१ आइतबार १२:३:२५
२८ पुस, काठमाडौं । राजश्व अनुसन्धान विभागले करोडौं रुपैयाँको इलेक्ट्रोनिक सिगरेट (भेप) बरामद गरेको छ । नेपाल–चीन सीमा नाकाबाट तस्करी भई आएको करोडौं रुपैयाँको भेप बरामद गरेको हो । गत साता ललितपुरको इमाडोल शितलहाइटको गोदाममा भण्डार गरि राखिएको अवस्थामा साे भेप बरामद गरिएको थियो ।
स्रोतका अनुसार पुष २२ गते सो कार्यमा संलग्न हुन सक्ने आशंकामा २ व्यक्ति पक्राउ गरिएपछि करोडौं रुपैयाँ बराबरको सामान बरामद भएको हो । शुरुमा ५०० भन्दा बढी कार्टुनमा प्याक गरिएको अवस्थामा दुई ट्रक परिमाणको सामान बरामद भएको थियो । सो भेप रमेश शेर्पा र पवन साह भनिने त्रिभुवन साहले उक्त सामान तातोपानीको नाकाबाट चोरी पैठारी गरी भन्सार छली गरि ल्याइएको आशंका गरिएको छ ।
सो भेपको बजार मूल्य अन्दाजी १५ करोड भन्दा बढी रहेको बताइएको छ । यसैगरी सशस्त्र प्रहरी निरिक्षक विजय तुलाधरको दुर्घटनामा संलग्न गाडीमा समेत १४०० थान भेप रहेको स्रोतको दावी छ । सो विषयमा सर्लाही प्रहरी र राजश्व अनुसन्धान विभागमा पथलैयाले अनुसन्धान गरिरहेको जनाएको छ । यस्तै र बुटवल कार्यालयमा समेत भेप पक्राउ गरि अनुसन्धान जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
केही दिनअघि मुस्ताङ प्रहरीले समेत कोरला नाकाबाट भन्सार छली गरी ल्याउँदै गरेको १९००० (उन्नाइस हजार थान) भेप आवश्यक अनुसन्धानको लागी राजश्व अनुसन्धान विभागमा बुझाएको छ । बरामद गरिएको सबै भेपको मूल्य ५० करोडमाथि पुग्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन
माघ १३, २०८१ आइतबार
म्याग्दीमा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री
माघ १३, २०८१ आइतबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १३, २०८१ आइतबार
सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै
माघ १३, २०८१ आइतबार
पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
माघ १३, २०८१ आइतबार