लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
नेपालबहस संवाददाता
पुस २८, २०८१ आइतबार १८:२८:०
२८ पुस, सिरहा । सिरहाको लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान अभियान सञ्चालन गर्ने भएको छ । त्यसका लागि नगरका ५९ सामुदायिक र ११ धार्मिक विद्यालयका शिक्षकहरूलाई तालिम दिन सुरु गरिएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख फिरोज कटुवालले जानकारी दिए ।
प्रमुख कटुवालका अनुसार ३५/३५ जनाको समूह बनाई पहिलो समूहलाई यही पुस २४, २५ र २६ गते तालिम दिइसकिएको र दोस्रो समूहको तालिम आजदेखि सुरु गरिएको छ । यस अभियानले फरक क्षमता भएका बालबालिकाको पहिचान र समयमै उपचार गरी शिक्षण सिकाइमा सहजता ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । “हामीले बालविकासदेखि कक्षा ३ सम्मका बालबालिकाको अपाङ्गताको अवस्था पहिचान गर्न लागेका छौँ ।
कुनै पनि बालबालिका एकअर्कामा भिन्न हुन्छन् । सर्वगुण सम्पन्न र सक्षम नहुन पनि सक्छन्”, प्रमुख कटुवालले भने, “त्यसैले उनीहरूरुको शारीरिक, बौद्धिक, भाषिक, संवेगात्मक र सामाजिक कारणले नियमित क्रियाकलापमा परिरहेको असर समयमै पहिचान गर्न सके उपचार गर्न र विशेष सीप सिकाउन सजिलो हुन्छ ।”
नगरप्रमुख महेशप्रसाद चौधरीले शिक्षकलाई दिइएको यस प्रकृतिको तालिमले फरक क्षमता भएका बालबालिकाको अवस्था, रुचि र आवश्यकता पहिचान गरी सोहीअनुसार पठनपाठनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे। बालबालिकामा उमेर अनुसारको विकास, सक्षमता र अपाङ्गताको पहिचान गरी उपयुक्त वातावरण र अवसरका लागि क्रियाशील हुन नगरपालिकालगायत सरोकारवालालाई पनि यसले सहजता प्रदान गर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार
हुम्लाको स्थानीय तहमा वडाको सिफारिसमा अनुदानको नुन वितरण
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार