त्रिवि कार्यकारी परिषदद्वारा २४ क्याम्पसमा प्रमुख नियुक्त, हराएका प्राध्यापक खोज्न समिति गठन
नेपालबहस संवाददाता
पुस २९, २०८१ सोमबार १२:२८:८
२९ पुष, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २४ वटा आंगिक क्याम्पसमा प्रमुख नियुक्त गरेको छ । त्रिविका अनुसार त्रिविको कार्यकारी परिषद्ले आइतबार क्याम्पस प्रमुख नियुक्त गरेको हो । गत असोजमा त्रिविले छनोट समिति बनाएको थियो । छनोट समितिले नाम सिफारिस गरेपछि परिषद्ले नियुक्ति गरेको हो ।
जसअनुसार शंकरदेव क्याम्पसमा सहप्राध्यापक कपिल खनाल नियुक्त भएका छन् भने रत्नराज्य लक्ष्मी क्याम्पसमा पनि सह प्राध्यापक पदमकुमार अधिकारी नियुक्त भएका छन् । यसैगरी नेपाल कमर्श क्याम्पसमा सहप्रा जितेन्द्रप्रसाद उपाध्याय, भैरहवा क्याम्पसमा लक्कीप्रसाद जोशी, ललितकला क्याम्पमा उपप्रा यामप्रसाद शर्मा र सानोठिमी क्याम्पसमा उपप्रा माधवप्रसाद श्रेष्ठ नियुक्त भएका छन् ।
यसैगरी महेन्द्र बहुमुखी क्याम्पसमा सहप्रा लालमणि आचार्य, सुर्खेत बहुमुखी क्याम्पसमा सहप्रा माधवप्रसाद खनाल, विश्वभाषा क्याम्पसमा उपप्रा महेन्द्रकुमार बुढाथोकी, पाटन संयुक्त क्याम्पसमा सहप्रा रघुवीर विष्ट, बुटबल बहुमुखी क्याम्पसमा उपप्रा अरुणकुमार क्षेत्री, रामस्वरुप रामसागर क्याम्पसमा प्राध्यापक बसन्तकुमार कर्ण, भोजपुर बहुमुखीमा सहप्रा पर्वतकुमार राई नियुक्त भएका छन् ।
पृथ्वीनारायण क्याम्पसमा प्राध्यापक हरिप्रसाद पाठक, सूर्यनारायण सत्यनारायण क्याम्पसमा सहप्रा राजेश्वरप्रसाद यादव, डोटी बहुमुखी क्याम्पसमा सहप्रा दिलानन्द जोशी, त्रिभुवन बहुमुखी क्याम्पसमा उपप्रा टंकप्रसाद पन्थ, जुम्ला बहुमुखी क्याम्पसमा उपप्रा प्रकाशचन्द्र खत्री, वनविज्ञान अध्ययन संस्थान पोखरामा सहप्रा नारायणप्रसाद गौतम, कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङमा उपप्राध्यापक रामकुमार श्रेष्ठ, पक्लिहवा क्याम्पसमा सहप्राध्यापक जन्मजय गैरे, मेची बहुमुखी क्याम्पसमा सहप्राध्यापक देवीप्रसाद आचार्य, केन्द्रीय प्रविधि क्याम्पस धरानमा प्राध्यापक बसन्तकुमार राई, धौलागिरि बहुमुखी क्याम्पसमा सहप्रा सुदर्शन सिलवालले नियुक्त पाएका छन् ।
यसैबीच त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न समिति बनाएको छ । त्रिविका उपप्राध्यपक डा.जीवन काफ्लेको संयोजकत्त्वमा तीन सदस्यीय समिति बनाइएको हो । नफर्किएका शिक्षकको खोजबिन गरी कति शिक्षक फर्किएका छैनन् र कहाँ छन् भनेर समितिले प्रतिवेदन बनाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वविद्यालयका अधिकार क्षेत्र र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति
पुष २६, २०८१ शुक्रबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
पुष १५, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
दल फुुटाउन र मिलाउन प्रधानमन्त्री भएको होइनः ओली
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार