युक्रेन युद्धमा ३ सय उत्तर कोरियाली सैनिक मारिएको दक्षिण कोरियाको दावी
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार १०:८:४६
१ माघ, सियोल । युक्रेन विरुद्ध रुसको युद्धमा करिब ३ सय उत्तर कोरियाली सैनिकको मृत्यु भएको दावी गरिएको छ । दक्षिण कोरियाका एक सांसदका अनुसार ३ सय भन्दा बढीको मृत्यु तथा २५ सय भन्दा बढी घाइते भएको दावी गरिएको हो ।सियोलको राष्ट्रिय खुफिया सेवा (एनआईएस)बाट एक ब्रिफिङ पाएको भन्दै ली सियोन क्वाङले यो जानकारी दिएका हुन् ।
‘रूसमा उत्तर कोरियाली सेनाको तैनाथी कुर्स्क क्षेत्रमा रहेको छ, त्यहाँ उत्तर कोरियाली सेनाहरूको हताहत ३ सय नाघेको छ,’ लीले भने। उनका अनुसार खुफिया संस्था एनआईएसको अनुसन्धान पछि यो पनि पत्ता लागेको छ कि उत्तर कोरियाली सैनिकहरूसँग आधुनिक युद्धको बुझाइको कमी रहेको छ ।
दक्षिण कोरियाली राजनीतिज्ञको बयान युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले किभले दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको र घाइते लडाकुहरूसँग सोधपुछ भइरहेको भिडियो जारी गरेको केही दिनपछि आएको हो। सोही सन्दर्भमा जेलेन्स्कीले भनेका छन् कीभले रुसमा रहेका युक्रेनी युद्धबन्दीको बदलामा कब्जामा लिएका उत्तर कोरियाली सैनिकहरूलाई सुपुर्दगी गर्न सकिने प्रस्ताव अघि सारेका छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक रिहा हुने
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार