चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार ११:१८:५९
१ माघ, काठमाडौं । चेक अनादर गरेको आरोपमा नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । चेक अनादर सम्बन्धी कसुरमा जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
बैंकिङ कसुरको आरोपमा मल्ललाई पक्राउ गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले बताए। सोमबार पक्राउ परेका मल्ललाई महाराजगन्ज वृत्तमा राखिएको छ। उनीविरुद्ध एक जना पीडितले २० लाख ५० हजार रुपैयाँको बैंकिङ कसुरमा जाहेरी दिएका थिए। जाहेरीपछि अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले उनीमाथि कारबाही अगाडि बढाएको हो।
प्रहरीका अनुसार, २० लाख ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि प्रहरीसम्म उजुरी परेको थियो । युवा संघकै एक जना नेतासँग लेनदेनको विषयलाई लिएर जाहेरी परेकाले अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै पक्षलाई राखेर मिलापत्र गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
भरुवा बन्दुकसहित ६ जना जना पक्राउ
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार