धुम-४ मा रणवीर कपुर पक्का, अभिषेक बच्चन आउट हुन सक्ने
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार ११:४६:४१
१ माघ, मुम्बई । बलिउड स्टार रणवीर कपुर आगामी केही वर्षका लागि पुरै व्यस्त रहेका छन । यस वर्ष निर्माणमा रहेका केही ठूला फिल्महरूमा उनीलाई देखिने पक्का जस्तै छ ।
अभिनेता कपुर हाल सञ्जय लीला भन्सालीको ‘लभ एन्ड वार’ र नितेश तिवारीको ‘रामायण’ को लागि शूटिंगमा ब्यस्त रहेका छन । दुबै फिल्म २०२६ मा ठूलो पर्दामा रिलिज हुने तालिका तय भइसकेको छ।
यसैबिच, यशराज फिल्म्सको बहुप्रतिक्षित धूमः४ मा रणवीर कपुर अनुबन्धित भएका छन । जुन फिल्म एक दशक भन्दा बढी अघि देखी आधिकारिक रूपमा घोषणा गरिएको थियो तर केही कारणहरूले गर्दा सुटिङ सुरू हुन सकेको थिएन । तर, अहिले यशराज फिल्मसले धुमः४ का लागि प्रक्रिया सुरू गरेको छ, जो अर्को बर्ष देखी सुटिङ सुरू हुनेछ ।
इन्डिया टुडेका अनुसार धुमः४ अब अप्रिल २०२६ देखी छायांकनमा जानेछ । सो कम्पनीले सो फिल्मका लागि २ जना नायिक र एक भिलेन खोजिरहेको छ । समाचार अनुसार सो फिल्मको भिलेनको भूमिकामा साउथ फिल्मका कलाकारलाइ लिइने भएको छ । जसका कारण, अभिषेक बच्चनलगायतका कलाकार नदोहरिने सम्भावना बढेको छ ।
रणवीरले धूमः ४ सुरु गर्नुअघि ‘लभ एण्ड वार’ र ‘रामायण’ का दुवै भागको सुटिङ पुरा गर्नेछन् किनभने धुमः४ मा उनको अन्य चलचित्रहरू भन्दा फरक लुक हुनु आवश्यक रहेको जनाइएको छ । चाखलाग्दो कुरा के छ भने धुमः४ फ्रेन्चाइजका अघिल्लो फिल्महरूमा हिरोको भुमिका नकारात्मक थियो तर पछिल्लो रिपोर्ट अनुसार रणवीरको धुमः४ को चरित्र बिल्कुलै फरक हुने बताइएको छ ।
समाचार अनुसार धुमः४ पछि अभिनेता कपुरले एनिमल पार्क सुरु गर्नेछन्, जुन निर्देशक सन्दीप रेड्डी वांगासँग मेगा ब्लकबस्टर एनिमलको सिक्वेलको रूपमा निर्माण हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअल्लु अर्जुनको विदेश भ्रमण प्रतिबन्ध फुकुवा, हरेक आइतबार प्रहरी चौकी जानु नपर्ने
पुष २८, २०८१ आइतबार
शाहरुख जब स्टार थिएनन्, उनको फ्लाटमा चट्टाइमा घन्टौं गफिन्थ्यौंः मनिषा कोइराला
पुष २८, २०८१ आइतबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार