वाणिज्य बैंकहरुको मुनाफा ३० अर्ब नाघ्यो, कृषि विकास बैंक भने साढे ३ करोड नोक्सानीमा
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार १२:३९:३९
१ माघ, काठमाडौं । यस आर्थिक वर्षको पाँच महिनामा वाणिज्य बैंकहरुले ३० अर्ब २४ करोड रुपैयाँ मुनाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २० वाणिज्य बैंकले मंसिर महिनासम्म सो बराबरको मुनाफा कमाएका हुन् । कृषि विकास बैंक भने ३ करोड ५२ लाख नोक्सानमा परेको छ । कर्जा लगानी नभइरहेको अवस्थामा पनि बैंक मुनाफा बढेको देखिएको छ । अहिले बैंकहरुमा अधिक निक्षेप रहेकाले राष्ट्र बैंकले लगातार खिच्ने काम गरिरहेको छ । लामो समयदेखि बैंकहरुको कर्जा लगानीमा सुधार आउन सकेको छैन् ।
कर्जा प्रवाहका लागि बैंकहरुले विभिन्न स्किम ल्याइरहेका छन् । यसका बाबजुत पनि उद्योगीहरुले कर्जाको माग बढाउन सकेको देखिँदैन । नयाँ कर्जा लगानी नहुनु र खराब कर्जाको अवस्था कायमै रहँदा पनि कात्तिक मसान्तसम्म यस्तो मुनाफा २२ अर्ब २९ करोड थियो । यस अनुसार मंसिर महिनामा मात्रै बैंकहरुले ७ अर्ब ९४ करोड बराबरको मुनाफा कमाएको देखिन्छ । अघिल्लो वर्षको पाँच महिनामा बैंकहरुले २८ अर्ब ३६ करोड रुपैयाँ मुनाफा कमाएका थिए । यस वर्षको बैंकहरुको मुनाफा ६.६० प्रतिशतले बढी हो ।
तथ्यांकअनुसार नबिल बैंकले सबैभन्दा धेरै ३ अर्ब ४९ करोड मुनाफा कमाएको छ । ग्लोबल आईएमई बैंकले २ अर्ब ८३ करोड, नेपाल इन्भेस्टमेन्ट बैंकले २ अर्ब ४९ करोड मुनाफा कमाएको छ भने कुमारी बैंकले १ अर्ब ९९ करोड र प्राइम कमर्शियल बैंकले १ अर्ब ९६ करोड मुनाफा कमाएका छन् ।
यसैगरी प्राइम कमर्शियल बैंकले १ अर्ब ९४ करोड र एनएमबि बैंकले १ अर्ब ९० करोड मुनाफा कमाएका छन् । १ अर्बमाथि मुनाफा कमाउनेमा प्रभु बैंक पनि परेको छ भने लक्ष्मी सनराइज बैंक १ अर्ब ६४ करोड, नेपाल बैंक १ अर्ब ५१ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंक १ अर्ब ३७ करोड, नेपाल एसबीआई बैंक १ अर्ब ३४ करोड र हिमालयन बैंक १ अर्ब ३३ करोड मुनाफा कमाएको राष्ट्र बैंकले जनाएको छ ।
सिद्धार्थ बैंक ९७ अर्ब ९० करोड, सानिमा बैंक ९० करोड ४१ लाख, राष्ट्रिय वाणिज्य बैंक ८६ करोड ७१ लाख मुनाफा कमाएका छन् भने माछापुच्छ्रे बैंक ८२ करोड ७४ लाख, सिटिजन्स बैंक ६९ करोड ४९ लाख र एनआईसी एसिया बैंकले ६ करोड ३३ लाख मुनाफा कमाएका छन् । गत वर्ष खराब स्थितिका बाबजुद पनि बैंक तथा वित्तीय संस्थाहरुको नाफा ३६ प्रतिशत माथिले बढेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिक लगानी कोषको १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार