दशौँ राष्ट्रिय योग दिवस मनाइयो
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार १३:४२:२८
१ माघ, अछाम । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज यहाँ दशौँ राष्ट्रिय योग दिवस मनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालको अध्यक्षतामा मनाइएको योग दिवसमा पतञ्जलि योग समिति अछामका योग प्रशिक्षक जयबहादुर बोगटी, अछाम जिल्ला महिला योग प्रभारी गीता हमाल, महामन्त्री विशेश्वरप्रसाद ढुङ्गानाले योगका बारेमा जानकारी दिनका साथै योग प्रशिक्षण दिएको थियो ।
प्रमुख जिल्ला अधिकारी लम्सालले योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने बताए । शारीरिक र मानसिक रुपले स्वस्थ रहन योग महत्वपूर्ण माध्यम भएको उनले उल्लेख गरे।
योग दिवसमा उपस्थित सबैलाई जङ्गली तरुल, तिलको लड्डु र चाकु खुवाएर शुभकामना आदानप्रदान गरिएको जिल्ला आयुर्वेद केन्द्रका प्रमुख दीपकराज पन्तले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
माघी पर्वले भाइचारा अभिवृद्धि गर्नेछः अध्यक्ष दाहाल
माघ १, २०८१ मंगलबार
नेपालीहरुबीच सुमधुर सम्बन्ध कायम गर्न चाडपर्व उपयोगी
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार