उपेन्द्र यादवको जसपा मधेश केन्द्रित दलको बैठकमा सहभागी भएन, मोर्चामा बस्न अनिच्छुक
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार १४:३५:६
१ माघ, काठमाडौं । धुम्बाराहीमा जारी मधेश केन्द्रित दलहरूको बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल सहभागी भएको छैन् । उपेन्द्र यादव नै बैठकमा आउने कुरा भएपनि उनको दलबाट कोही सहभागी भएका छैनन् । बैठक सुरु हुनअघि मकर सङ्क्रान्तिको विशेष परिकार खुवाइएको थियो ।
मधेश केन्द्रीत मोर्चा गठन गर्ने प्रयास स्वरुप कार्यदलको पहिलो बैठक आज बोलाइएको थियो । बैठकमा मोर्चा निर्माणको खाका, उद्देश्य, र साझा एजेन्डाबारे छलफल गर्ने कार्यक्रा छ । बैठकमा जसपा, लोसपा, जनमत, जनप्रगतिशील, राष्ट्रिय मुक्ति मोर्चा, लमलोपा लगायतका दलका नेताहरु सहभागी छन् । नेताहरु हृदयश त्रिपाठी, रेणु यादव, शरद यादव, डा.शिवजी यादव, केशव झा लगायतका नेता उपस्थित छन् । बैठकमा स्वतन्त्र सांसद अमेरशकुमार सिंह पनि सहभागी छन् ।
सत्ता गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन गरेर थ्रेसहोल्ड बढाउने, समानुपातिक निर्वाचन प्रणाली हटाउने जस्ता प्रावधान ल्याउन लागेको आशांमा मधेस केन्द्रित दलहरू एकीकृत हुन लागेका हुन् । मोर्चा गठनको गृहकार्यमा उपेन्द्र नेतृत्वको पार्टीबाट भने कोही पनि सहभागी छैनन् । जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा वार्ता समिति गठन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार