अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार १४:५७:१८
१ माघ, अफ्रिका । दक्षिण अफ्रिकाको सुन खानीमा फसेका १०० भन्दा बढी कामदारको मृत्यु भएको छ ।अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार खानीमा दुई महिनादेखि ४०० भन्दा बढी कामदारहरू थुनिएका थिए। उनीहरू सबै अवैध रुपमा सुन उत्खनन गर्न खानीमा प्रवेश गर्ने क्रममा उनीहरू थुनिन पुगेका हुन ।
ठुलो संख्या खानी मजदुरको मृत्यु भएको बाहिरिए पछि राहत र उद्धारका लागि विशेष खानी उद्धार टोली घटनास्थलमा पठाइएको छ । समाचार अनुसार भोक र तिर्खाका कारण मजदुरको ज्यान गएको जनाइएको छ । हालसम्म १३ जनाको शव निकालिएको छ । खासमा उद्धार गरिएका कामदारहरूबाट एउटा सेलफोन भेटिएको थियो, जसमा २ भिडियो भेटिएको थियो। यी भिडियोमा दर्जनौं शव पोलिथिनमा बेरिएको देखाइएको छ ।
खानीमा काम गर्ने मजदुरसँग सम्बद्ध सामाजिक संस्था माइनिङ इफेक्टेड कम्युनिटीज युनाइटेड इन एक्सन (म्याकुए)का अनुसार प्रहरीले गत नोभेम्बर देखि अवैध उत्खननविरुद्ध कारबाही थालेको थियो । प्रहरीले यो खानी सिल गर्ने प्रयास गरेको थियो । यसका लागि मजदुरलाई बाहिर आउन आग्रह गरिएको पनि थियो तर पक्राउ पर्ने डरले कामदारले खानीबाट बाहिर निस्कन नै मानेनन् । त्यसयता ती मजदुरहरू लामो समय देखी खानीमा नै फस्न पुगेका थिए ।
मजदुरहरूले अस्वीकार गरेपछि प्रहरीले खानी भित्र पस्न र निस्कन प्रयोग गरिने डोरी र पुली हटाएको मकुआले जनाएको छ । त्यसपछि कामदार खानीमै अलपत्र परेका थिए ।
दक्षिण अफ्रिकी अखबार सन्डे टाइम्सका अनुसार उद्धार टोलीले एउटा पिंजरा तयार पारेको छ, जसलाई खानीमा ३ किलोमिटर तल झर्ने काम भइरहेको छ । यो पिंजराको सहायताले पहिले बाँकी रहेकालाई बाहिर निकाल्ने काम भइरहेको जनाएको छ । फसेका मजदुरलाई बाहिर निकाल्नका लागि कम्तीमा १६ दिन लाग्ने आँकलन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक रिहा हुने
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार