सञ्चालक निर्विरोध चयन गर्दै सकियो गरिमा विकास बैंकको साधारणसभा, अध्यक्षमा खाँड अन्य सञ्चालकमा को को ?
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार १४:५७:३१
१ माघ, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभाले ६ जना सञ्चालक निर्विरोध चयन गर्दै सकिएको छ । आगत पुस २९ गते शुक्रबार कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सफलतापूर्वक सम्पन्न भएको उक्त साधारण सभाले विभिन्न प्रस्तावहरू पनि सर्वसम्मत रुपले पारित गरेकोछ ।
विकास बैंकले आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदनसहित शेयरधनीहरुलाई वितरण प्रस्ताव गरेको ५% (कर सहित) को नगद लाभांश सर्वसम्मत पारित गरेको छ । त्यसैगरी उक्त साधारण सभाबाट आगामी कार्यकालका लागि संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु दीलिपप्रताप खाँड, श्याम प्रसाद बस्याल र दीपेन्द्र श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोइरालालाई सर्वसम्मतिबाट निर्वाचित गर्ने निर्णय गरेको छ ।
साधारणसभा पश्चात् लगतै बसेको संचालकहरुको बैठकले सञ्चालक दीलिपप्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत मनोनित गर्ने निर्णय गरेको छ । खाँड बैंकका पूर्व अध्यक्ष साथै वालिङ नगरपालिकाका पूर्व मेयर पनि हुन ।
हाल बैंकको चुक्ता पूँजी रु ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रहेको छ । साधारणसभाले पारित गरेको लाभांश २०८१ पौष १७ गते कायम रहेका विकास बैंकका शेयरधनीहरुले नगद लाभांश प्राप्त गर्नेछन् ।
विकास बैंकले हाल देशभर १२३ शाखा कार्यालयहरू, १ एक्स्टेन्सन काउण्टर र ५१ एटीएमका साथै नविनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकले ७ प्रतिशत लाभांश वितरण गर्ने
पुष २९, २०८१ सोमबार
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको एजीएम आज
पुष १९, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार