रविलाई धरौटीमा छाड्न आदेश गर्ने कास्कीका न्यायाधीश राईविरुद्ध न्याय परिषदमा उजुरी
नेपालबहस संवाददाता
माघ २, २०८१ बुधबार १५:२०:१४
२ माघ, काठमाडौं । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईविरुद्ध न्याय परिषदमा उजुरी परेको छ । न्याय परिषद सचिवालयका अनुसार उनीविरुद्ध युवराज पौडेल (सफल) ले उजुरी दिएका हुन् । न्यायाधीश राईले राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएका थिए । राईविरुद्ध थप तीन बुँदे ध्यानाकर्षण पत्र दिइएको छ ।
बुधवार न्याय परिषद् सचिवालयमा ध्यानाकर्षण पत्र बुझाएको सफलले जानकारी दिए । उजुरीमा न्यायाधीश नितिजविरुद्ध उठेका विषय र प्रशंग जोडिएको छ । जसमा न्यायाधीश राई न्याय सेवाअन्तर्गतको कर्मचारी रहँदा माओवादी केन्द्र निकट कर्मचारी संगठनमा आबद्ध भएको उल्लेख छ । हाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लामिछानेलाई बचाउन लागेकाले उनकै निर्देशनमा न्यायाधीश राईले धरौटीमा छाड्न आदेश दिएको दाबी गरिएको छ ।
उनले न्यायाधीश राई विगतमा वरिष्ठ अधिवक्ता सुशील पन्तको ल फर्ममा प्रशिक्षार्थीका रूपमा काम गरेको भन्दै प्रश्न उठाएका छन् । वरिष्ठ अधिवक्ता पन्त अहिले रास्वपा सभापति लामिछानेको पक्षमा वकालत गरिरहेका छन् । राईकै इजलासमा उनले लामिछानेको प्रतिरक्षा बहस गरेका थिए ।
यसमा न्यायाधीश राईले प्रशिक्षार्थीको नैतिकता नदेखाई स्वार्थ बाझिने हिसाबले इजलासमा सुनुवाइ गर्न बसेको अवस्था रहेछ भन्दै सफलले उजुरीमा उल्लेख गरेका छन् । न्यायाधीश राईले आदेशलाई ‘कपीमा आदेश’ भन्दै प्रश्न उठाएका छन् । ‘योजनाबद्ध रूपमा प्रतिवादीलाई उन्मुक्ति दिने र सहकारी पीडितलाई अन्याय गर्न लागेको देखिन्छ, उजुरीमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ, फैसला आउन सक्ने
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार