रुपन्देहीमा १७ जनाविरुद्ध मात्रै लगियो थप अभियोग, रवि लामिछानेको शुक्रबार दर्ता गरिने
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार १७:१९:१६
३ माघ, बुटवल । सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सभापति रवि लामिछानेविरुद्ध पुरुक अभियोग शुक्रबार दर्ता गर्ने भएको छ । बिहीबार बुटवलको सुप्रिम सहकारी ठगीमा १७ जनाविरुद्ध थप अभियोग दर्ता भएको छ । रविसहितका बाँकी अरूको भने भोलि शुक्रबार मात्र अदालतमा मुद्दा दर्ता हुनेछ ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी थप अभियोजन मुद्दा दर्ता गरेको हो । पूरक अभियोजन समय अभावका कारण शुक्रबार दर्ता हुने भएको छ ।
यसअघि सरकारी वकिल कार्यालयले दुवै अभियोजन दर्ता गर्ने तयारी गरेको थियो । वैशाख ३ गते दर्ता भएको मुद्दामा प्रतिवादी बनाइएका सुप्रिम सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु राईसहितका २८ जनाविरुद्ध वैशाखमा मुद्दा दर्ता भएको थियो ।
जीबी भन्ने गितेन्द्रबाबु राईसहित २८ जनाविरुद्ध यसअघि नै अभियोग दर्ता भएपनि यी मध्ये १७ जनाविरुद्ध कसुर र बिगो बढाएर थप बिहीबार अदालतमा अभियोग दर्ता गरिएको हो । यसअघि नै प्रतिवादी बनाइएका जिबीसहित १७ प्रतिवादीविरुद्ध संगठित अपराधको अभियोग लगाइएको छ । उनीहरूविरुद्ध २ करोड ७ लाख रुपैयाँ बिगो थप भएको जिल्ला सरकारी वकिल कार्यालय प्रमुख प्रेमराज पौडेलले जानकारी दिए ।
रवि लामिछाने र छविलाल जोशीलाई सहकारी ठगी र संगठित अपराधको कसुरमा शुक्रबार अभियोग दर्ता गर्ने सरकारी वकिलको तयारी छ । उनीहरु दुवै जनालाई ४ करोडमाथि बिगो कायम गरिने बताइएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनका आदधारमा सरकारी वकिल कार्यालयले अभियोग पत्र तयार गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार