लालपुर्जा वितरण प्रक्रिया अगाडि नबढ्दा नगरवासी अन्योलमा
इन्द्र रिजाल
बैशाख २६, २०७६ बिहिबार २०:८:८
बेझाड । रामपुर नगरपालिकाभित्र लालपुर्जा वितरण प्रक्रिया अगाडि बढ्न सकेको छैन् । व्यवस्थित घरघडेरी विकासका लागि सरकारले जग्गा दर्ता समिति आदेश जारी गरे पनि रामपुर नगरपालिकाभित्र लालपुर्जा वितरण प्रक्रिया अगाडि बढ्न नसकेको हो ।
सरकारले व्यवस्थित घरघडेरीका लागि लालपुर्जा वितरण गर्ने सम्बन्धमा जग्ग्गा दर्ता समिति गठन आदेश २०७५ जारी गरिसकेको छ ।
प्रदेश नं ५ का सांसद युवराज खनालले पाल्पाका प्रजिअ वीरेन्द्रकुमार यादवसमक्ष छिटोभन्दा छिटो लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दै ध्यानाकर्षण गराएका छन् । यस विषयलाई गम्भीरतापूर्वक लिन र समयमा नै प्रक्रिया अगाडि बढाउन उनले प्रजिअ खनाललाई आग्रह गरे ।
सो अवसरमा प्रजिअ यादवले तत्काल प्रक्रियागत रुपमा अगाडि बढ्ने आश्वासन दिए । प्रजिअको संयोजकत्वमा सम्बन्धित क्षेत्रका मालपोत कार्यालय प्रमुख सदस्यसचिव, नापी कार्यालयका प्रमुख, वन कार्यालयका प्रमुख र रामपुर नगरपालिकाका प्रमुख सदस्य रहने गरी पाँच सदस्यीय समिति गठन भएको छ ।
रामपुर नगरपालिकाका ८५६ घरघडेरी लालपुर्जाविहीन छन् । सरकारले जग्गादर्ता समिति गठन आदेश २०७५ स्वीकृत गरे पनि अहिलेसम्म लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडि नबढ्दा नगरवासी अन्योलमा छन् ।
विगतदेखिको अव्यवस्थित घरघडेरीको व्यवस्थापन गरी आफ्नो सम्पत्तिको मालिक आफैँ बन्न पाउने अधिकार सुनिश्चित गर्न नेपाल सरकारले रामपुर जग्गा दर्ता समिति गठन आदेश जारी गरेको हो ।
तत्कालीन भूमिसुधारमन्त्री दलबहादुर रानाको समयमा लालपुर्जा वितरण गर्ने सम्बन्धमा प्रक्रिया अगाडि बढे पनि विभिन्न कारणले बीचमै प्रक्रिया रोकिन पुगेको थियो ।
रोकिएको प्रक्रिया भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले अगाडि बढाएको छ । यसै आर्थिक वर्षमा रामपुर नगरपालिकाभित्र रहेका ८५६ घरघडेरीलाई लालपुर्जा वितरण गर्ने गरी अगाडि बढेको भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताए ।
तीन दशकअघि देखि लालपुर्जाको आशैआशामा निराश बनेका रामपुरवासीमा लालपुर्जाका लागि सरकारले जारी गरेको जग्गा आदेशले खुशियाली छाएको थियो ।
अन्य स्थानमा लालपुर्जा वितरण कार्य भइरहे पनि यहाँ प्रक्रियागत रुपमा अगाडि नबढ्दा नागरिकमा निराशा छाएको छ । रामपुर बजारमा ठूलाठूला घर, भवन धमाधम बन्ने क्रम जारी छ । उद्योग, व्यापार–व्यवसाय दिनानुदिन खुल्ने सङ्ख्या बढिरहेको अवस्थामा यस क्षेत्रका नागरिक लालपुर्जा नपाउँदा चिन्तित बनेका थिए ।
विसं २०३५÷३६ देखि हालको रामपुर नगरपालिका–५ मा रहेको रामतुलसी मावि र वडा नं ६ को दरैठाँटी मावि सञ्चालनका लागि विद्यालयले घरघडेरी बिक्री गरेपछि सोही समयदेखि नै यहाँका स्थानीयवासीले भोगचलन गर्दै आइरहेका छन् ।
२०७१ साल वैशाख २५ गते रामपुर गाविसबाट रामपुर नगरपालिका घोषणा भई नगरवासीका रुपमा बसोबास गर्दै आएका यहाँका स्थानीयवासीले आफू बसोबास गरेको घरघडेरीको लालपुर्जा नपाउँदा किनबेचमा निकै चुनौती झेल्दै आएका छन् ।
सूर्यमुखी फूलको व्यावसायिक परीक्षण
यसैगरी, पूर्वखोला पाल्पामा सूर्यमुखी फूल खेतीको परीक्षण सफल भएको छ । पहिलो पटक यहाँ लगाइएको सूर्यमुखी फूल सफल भएपछि अब यसको व्यावसायिक खेती गर्ने कृषकको तयारी छ ।
गाउँपालिकाले सूर्यमुखी फूल खेतीका लागि ३० किलो बीउ सहयोग गरेको थियो । परीक्षणका रुपमा लगाइएको सूर्यमुखी फूल पहिलो वर्षमा नै आठ सय देखि एक हजार किलोसम्म उत्पादन लिन सकिने कृषक लक्ष्मण आचार्यले बताए।
कम लगानी र मिहिनेतमा सूर्यमुखी फूलको व्यावसायिक खेती गरेर राम्रो आम्दानी लिन सकिन्छ । यसभित्र अन्य बालीहरु लगाएर कृषकले आयस्रोत बढाउन सक्नेछन् । बजारमा माग बढ्दो रहेकाले पनि बिक्रीका लागि कृषकले समस्या भोग्नु पर्दैन ।
पहिलो पटक लगाइएको खेती राम्रो भएपछि अर्को वर्ष गाउँपालिकाभित्र विस्तार गर्ने कृषि प्राविधिक सन्तोष कँडेलले बताए ।
पाल्पाको बगनासकाली गाउँपालिकाका कृषकले चार वर्षअघि देखि नै व्यावसायिक रुपमा सूर्यमुखी फूलको खेती गर्दै आइरहेका छन् । यस वर्षदेखि निस्दी गाउँपालिकामा पनि व्यावसायिक रुपमा यसको खेती शुरु भएको छ ।
सूर्यमुखी फूल खेतीभित्र पनि अन्य विभिन्न बाली लगाउन सकिने, कम लगानी, मिहिनेतमा यसको व्यावसायिक खेती गरेर यथेष्ट कमाउन सकिने कृषि प्राविधिकहरु बताउँछन् ।
उत्पादित वीउबाट तेल उत्पादन गरी मनग्य आम्दानी लिन सकिन्छ भने डाँठलाई दाउराका लागि प्रयोग गर्न सकिन्छ । अन्य खेतीको तुलनामा धेरै परिश्रम र झन्झट गर्न नपर्ने, एक पटकमा तेब्बर बाली उत्पादन लिन सकिने हुँदा राम्रो आम्दानीको स्रोतका रुपमा लिइन्छ ।
सूर्यमुखी फूललाई बाह्रै महीना फुलाउन सकिन्छ । फूलका कारण मौरीलाई चरन हुने अर्कोतर्फ वीउबाट तेल आउने भएकाले कृषकहरुको आकर्षण बढेको पाइएको छ ।
सौन्दर्यताका लागि केही बोट घरको आँगनको डिल, छेउछाउमा लगाउँदै आइए पनि यस खेतीबाट राम्रो आम्दानी लिने उद्देश्यले कृषकले अहिले व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि
पुष १६, २०८१ मंगलबार
पाँच हजार आठ सय पन्ध्र रोपनीको गाँजा फँडानी
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको एचपिभी खोप दिइने
पुष २०, २०८१ शनिबार
पुष्पाः२ अब ओटिटीमा, एक महिना पछि नेटफ्लिक्समा हेर्न सकिने
पुष २०, २०८१ शनिबार
बाहुबली निर्देशकको नयाँ फिल्म सुरू, राजमौली र महेश बाबुले लिएनन पारिश्रमिक
पुष २०, २०८१ शनिबार