याद गर्नुस,सामाजिक सञ्जालमा जीवनसाथीसँगको तस्वीर शेयर असुरक्षित !
इन्द्र रिजाल
बैशाख २७, २०७६ शुक्रबार २०:४६:५०
एजेन्सी। सामाजिक सञ्जालमा आफ्नो जीवनसाथीसँगको तस्वीर सबैको लागि महत्वपूर्ण हुनेछ गरेको छ । किनकी यस किसिमको तस्वीरले कुनै पललाई याद राख्नका लागि सहयोग गर्छ ।
यदि सामाजिक सञ्जालको तस्वीर यादको लागि मात्र सीमित रह्यो भने त्यो कुनै ठूलो कुरा होइन तर यो भन्दा पनि निजी जीवनका सबै तस्वीर शेयर गर्ने मानिसहरुको लागि भने यो एक समस्या बन्न सक्छ ।
नर्थवेस्ट विश्वविद्यालयद्वारा गरिएको एक नयाँ अनुसन्धानमा जीवनसाथीसँगको तस्वीर शेयर गर्ने आदतले मानिसलाई समस्या सृजना गर्न सक्छ । शोधकर्ताहरुले गरेको अनुसन्धानमा सामाजिक सञ्जालमा यसरी धेरै तस्वीर शेयर गर्ने मानिस आफ्नो सम्बन्धलाई लिएर असुरक्षित महशुस गर्ने गरेको पाइएको हो ।
सम्बन्धमा जसले कमीको अभाव महशुस गरिरहेका हुन्छन् । उनीहरु सामाजिक सञ्जालमा बनावटी तरिकाबाट पोस्ट गरेर समाजमा छवि सुधार्ने प्रयास गर्ने गरेको पाइएको छ ।
यस किसिमका जोडीलाई समाजमा यसरी आफूलाई प्रमाणित गर्दा सम्बन्धमा सुधार हुन्छ कि भन्ने लाग्ने गरेको अनुसन्धानमा देखिएको छ । साथै अर्को एक अनुसन्धानले सामाजिक सञ्जालले मानिसलाई मानसिक तनाव पनि बढाउने देखाएको छ ।
नर्थवेस्टर्न विविको शोधअनुसार यस किसिमका जोडी दैनिक एउटा वा दुई पोस्ट वा त्यो भन्दा बढी पोस्ट आफ्नो सम्बन्ध देखाउन पोस्ट गर्ने गर्छन् । यस्ता मान्छेहरु वास्तविक जीवनमा आफ्नो सम्बन्धलाई लिएर असुरक्षित भावनाबाट पीडित हुन्छन् ।
उनीहरुलाई आफ्नो जीवनसाथीलाई गुमाउने सम्बन्ध कमजोर बन्दै जानेलगायतको डर हुने गरेको छ । त्यसैले उनीहरु सामाजिक सञ्जालमा खुसी खोज्नका लागि आउने गर्छन् ।
अनुसन्धानमा एक सय ८ जोडीलाई चयन गरिएको थियो । उनीहरुले फेसबुकमा आफ्नो स्ट्याटस ‘इन ए रिलेसनशिप’ उल्लेख गरेका थिए । दुई सातामा गरिएको अनुसन्धानमा शोधकबर्ताले उनीहरुको फेसबुकको प्रोफइलको गहिराइको अध्ययन गरेका थिए । यस किसिमका मानिसहरु कुन दिन, कुन समय के के पोस्ट गर्छन् भन्ने कुरामा पनि ध्यान दिइएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार