सिभिल बैंकका शेयरधनीलाई १४.८४ प्रतिशतको बम्पर लाभ, लिलाम शेयर पनि खुल्यो
इन्द्र रिजाल
बैशाख २८, २०७६ शनिबार १५:४६:५८
काठमाडौं । सिभिल बैंक लिमिटेडले २ आर्थिक वर्षको वार्षिक साधारण सभा गत शुक्रबार सम्पन्न गरेसँगै बैंकका शेयरधनीलाई १४.८४ प्रतिशतको लाभांश एवंम बोनस दिने भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १०.२५ प्रतिशत बोनस सेयर र ०.५४ प्रतिशत नगद लाभांश तथा आर्थिक वर्ष २०७४/७५ को नाफाबाट पनि ४.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
बैंकको संस्थापक समूहबाट इच्छा राज तामाङ, अम्बीर बोगटी र प्रतापजंग पाण्डे सञ्चालकमा निर्वाचित भएका छन् भने सर्वसाधारण समूहबाट प्रकाश तायल, शम्भु प्रसाद पन्त र युगेश बहादुर मल्ल आगामी चार वर्षका लागि निर्विरोध चयन भएका छन् ।
साथै साधारण सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक–आपसमा मर्जर वा एक्विजिसन गर्न तथा स्वदेशी वा विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि गरेको छ ।
बिहीबारबाट संस्थापक शेयर लिलामी खुल्यो
त्यसैगरी बैंकले बिहीबार (वैशाख २६ गतेदेखि जेष्ठ ९ गतेसम्म) १७ लाख ५३ हजार ५९४ कित्ता संस्थापक शेयर लिलामी खुलाएको छ । बैंकका संस्थापक शेयरधनीका साथै अन्य योग्य व्यक्ति तथा संस्थाले बोलपत्र पेश गरेर शेयर खरिद गर्न सक्नेछन् ।
न्यूनतम १०० रुपैयाँबाट बढिबढाउमा लिलामीको बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम २ लाख कित्तादेखि अधिकतम सबै कित्ता खरिदका लागि बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, सुन्धारामा आवेदन दिन सक्नेछन् ।
बैंकले दिने भनेको लाभांश भने लिलामी भर्नेले पाउने छैनन् । साधारण सभाका लागि वैशाख १० गतेदेखि बुक क्लोज भइसकेकाले लिलामी भर्नेले लाभांश नपाउने बैंकले जनकारी गराएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार