बिग बास लिगमा ६ विदेशी खेलाडी !
इन्द्र रिजाल
बैशाख २८, २०७६ शनिबार २२:४३:२२
एजेन्सी । अष्ट्रेलियाको बहु चर्चित फ्रेन्चाइज क्रिकेट बिग बास लिग ‘बीबीएल’ मा हरेक क्लबले ६ विदेशी खेलाडी भित्र्याउन पाउने भएका छन् ।
बीबीएलले नयाँ सिजनबाट हरेक क्लबले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान ल्याएको छ । अघिल्लो संस्करणसम्म बीबीएल क्लबले ४ खेलाडी मात्र अनुबन्ध गर्न पाउने नियम रहेको थियो । थोरै विदेशी खेलाडी अनुबन्ध गर्दा प्लेइङ सेटमा खेलाडी फेरबदल गर्न कठिनाई हुने गरेको क्लबहरुको गुनासो थियो ।
‘हरेक संस्करणको समाप्तिपछि हामीले समर्थकलाई के कुरामा मनोरंजन दिन सक्छौं भनेर लागि परेका छौं,’ क्रिकेट अस्ट्रेलियाका कार्यकारी महाप्रबन्धक एन्थोनी एभर्डले भने, ‘समर्थकको गुनासो बुझ्दै यस्तो निर्णय गरेका छौं । क्रिकेट अस्ट्रेलिया, लिगका क्लब र ब्रोडकास्ट पार्टनरसंगको सहमतीमा हरेक क्लबले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने निर्णय भएको हो ।’
विदेशी खेलाडीको अनुबन्धको कोटा थप गरेपनि एक खेलमा २ मात्र विदेशी खेलाडी खेलाउनु पर्नेछ ।लिगका ८ टिमले थप २ विदेशी खेलाडी अनुबन्धन गर्दा थप १६ विदेशी खेलाडीले मौका पाउने छन् ।
गत संस्करणको बीबीएलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले मेलबर्न स्ट्रार्सबाट डेब्यु गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । गत सिजन सन्दीपले ७ खेलमा ११ विकेट हात पार्दै मेलबर्नलाई फाइनल पुग्न सहयोग गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार