खानेपानीका मुहान सुक्न थालेपछि संरक्षण थालियो
इन्द्र रिजाल
बैशाख २९, २०७६ आइतबार १३:५३:४८
गलकोट । पछिल्लो समयमा विभिन्न कारणले खानेपानीका मुहान सुक्दै गएकाले संरक्षण गर्न थालिएको छ । पछिल्लो समय सडक निर्माण, वन जङ्गलको बिनास, जलवायु परिर्वतन तथा भूकम्पका कारण मुहान सुक्दै गएकाले संरक्षणका लागि पहल थालिएको हो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पहिलोपटक बागलुङ अभियानका रूपमा नगरपालिका–८ सिगानास्थित छरछरे खानेपानी आयोजनाको मुहान संरक्षण गरेको हो ।
हाल उक्त आयोजनाको मुहान मोटरबाटोका कारण सुक्दै गएकाले रु चार लाख खर्च गरी चुहावट हुन नदिन पक्की बनाइएको सो आयोजनाका अध्यक्ष रेशम थापाले बताए ।
“मुहान संरक्षण गरे पुस्तौँसम्म खानेपानीको अभाव नहोला”, उनले भने, “मुहान संरक्षण भएपछि सङ्कटग्रस्त क्षेत्रमा समेत पानी आपूर्ति गर्ने योजनामा छौँ ।”जिल्लामा वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सडक निर्माण गर्नाका साथै भूकम्प तथा जलवायु परिवर्तनका कारण मुहान सुक्दै जान थालेपछि नमूनाका रूपमा सो कार्य गरिएकोे र अर्को वर्षदेखि योजनावद्ध ढङ्गबाट मुहान संरक्षणमा लागिने उक्त कार्यालयका डिभिजन प्रमुख प्रेमप्रसाद डोटेलले बताए ।
कक्षाकोठामै शुद्ध खानेपानी
जिल्लाको नमूना विद्यालयको रुपमा परिचित रुद्रेपिपल माध्यामिक विद्यालयमा शुद्ध खानेपानी व्यवस्थाका लागि विद्यार्थीलाई निःशुल्क जार र डिस्पेन्सर प्रदान गरिएको छ ।
निर्माण व्यवसायी कुमार खड्काले प्रत्येक कक्षामा खानेपानीको व्यवस्थापनका लागि १८ थान जार र डिस्पेन्सर प्रदान गरिएकोे जानकारी दिए।
विद्यालयमा विद्यार्थीेको चाप अत्यधिक भएका कारण खानेपानीको समस्या बढेकाले कक्षाकोठामै खानेपानीको प्रबन्ध मिलाइएको विद्यालयका प्रधानध्यापक राजेश श्रेष्ठले बताए । “विद्यालयमा रहेको युरोगार्डबाट पानी जारमा भरेर डिस्पेन्सरमार्फत कक्षा कोठामै विद्यार्थीलाई पानी खुवाउन सकिने व्यवस्था गरिएको छ”, उनले भने।
पछिल्लो समय उक्त विद्यालयमा निजी विद्यालयका विद्यार्थी समेत थपिएकाले विद्यार्थीको चाप बढ्दा कक्षा ८, ९ र १० मा दुई÷दुई कक्षा ‘सेक्सन’ सञ्चालन गरेर अध्यापन गराउनुपरेको विद्यालयले जनाएको छ ।
दाता खड्काले शुद्ध खानेपानीका लागि रू १५ हजारको बराबरको जार र डिस्पेन्सर प्रदान गरेको विद्यालयले जनाएको छ । विद्यालयमा हाल अङ्ग्रेजी तथा नेपाली दुवै माध्यमबाट अध्यापन भइरहेका कारण विद्यार्थीको आकर्षण बढेको विद्यालयले जनाएको छ ।
बागलुङ नगरपालिकाका अन्य विद्यालयमा विद्यार्थी अभावका कारण नगरभित्रका छ विद्यालय खारेज तथा छ विद्यालय घटुवामा परेपनि यस विद्यालयमा भने हाल ६०० विद्यार्थी छन् । विद्यालयमा यही शैक्षिकसत्रमा १८० नया“ विद्यार्थी भर्ना भएका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमिस्टर काठमाडौंको उपाधि जितेको चार दिनमै प्रकाशको निधन
असोज २, २०८१ बुधबार
पैगम्बर मोहम्मदको जन्मजयन्तीमा शान्ति र्याली
असोज १, २०८१ मंगलबार
करम पूजामा सार्वजनिक बिदा दिने निर्णय
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
असोज ३, २०८१ बिहिबार
कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?
असोज ३, २०८१ बिहिबार
एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित
असोज ३, २०८१ बिहिबार
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
असोज ३, २०८१ बिहिबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार