इण्डियन प्रिमियर लिग क्रिकेटको उपाधि मुम्बई इन्डियन्सलाई
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
बैशाख ३०, २०७६ सोमबार १२:८:७
![](https://nepalbahas.prixacdn.net/media/albums/1557691437ipl_upadhi_JivkzVjYRB.jpg)
एजेन्सी । मुम्बई इन्डियन्सले १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटको उपाधि जितेको छ ।आइतबार भएको फाइनलमा साविकको विजेता चेन्नई सुपर किङ्सलाई १ रनले पराजित गर्दै मुम्बईले उपाधि जितेको हो ।
हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा मुम्बईले दिएको १५० रनको सामान्य लक्ष्य पछ्याएको चेन्नईले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो ।
चेन्नईका लागि सेन वाट्सनले ८० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै चेन्नईका फाप डु प्लेसिसीले २६ तथा ड्याने ब्राभोले १५ रन बनाए ।
कप्तान महेन्द्र सिंह धोनी २ रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले पनि उलेख्य रन जोड्न सकेनन् । मुम्बईका लागि जस्प्रित बुम्राहले २ विकेट लिए । यस्तै लासिथ मलिंगा, राहुल चाहल र हार्दिक पाण्डयले एक एक विकेट लिए ।
मुम्बईको जितमा मलिंगाले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरे । चेन्नईलाई जितका लागि अन्तिम ओभरको ६ बलमा ९ रन आवश्यकता रहेको थियो । तर, मलिंगाले एक रन आउटसहित २ विकेट लिएर ७ रन खर्चेर मुम्बई लाई च्याम्पियन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन जोडे ।
यस्तै क्विनटन डी ककले २९ तथा इशान किशनले २३ रन बनाए ।चेन्नईका दिपक चाहरले ३ विकेट लिए । यस्तै इमरान ताहिर र सार्दुल ठाकुरले २र२ विकेट लिए ।
योसंगै मुम्बईले कीर्तिमानी चौंथो पटक आईपीएलको उपाधि जितेको छ । यस्तै मुम्बईले यस सिजन चेन्नईलाई लगातार चौंथो खेलमा पराजित गर्दै उपाधि हात पार्यो । त्यस्तै रोहित शर्मा चार पटक आईपीएल जित्ने पहिलो कप्तान बनेका छन् ।
प्रतियोगितामा मुम्बईले पहिलो क्वालिफायरमा चेन्नईलाई ६ विकेटले हराएर फाइनल यात्रा तय गरेको थियो । यता, चेन्नईले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले नै हराएर मुम्बईसंगको भेट पक्का गरेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १२, २०८१ बुधबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न
असार ११, २०८१ मंगलबार
६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार
असार ११, २०८१ मंगलबार