सेञ्चुरी बैंकको अभियान, शहरबाट गाउँ–गाउँमा फैलाउँदै वित्तिय साक्षरता
इन्द्र रिजाल
बैशाख ३०, २०७६ सोमबार १३:२८:५९
काठमाडैं । नेपाल सरकारले सुरु गरेको सबै नागरिकलाई बैंक अभियानमा सेञ्चुरी कमर्सियल बैंकले पनि सहकार्य तथा सहभागिता जनाउने भएको छ । सरकारले बैंकमार्फत सबै नेपालीलाई कारोबार गराउने लक्ष्य लिएकोमा त्यसैलाई ध्यानमा राखी बैंकले यो अभियान सुरु गरेको जानकारी दिएको छ ।
बैंकले सबै नेपालीको बैंक खाता अभियानका साथै वित्तिय साक्षरताको महत्वलाई साथ दिदैं बैंकले गाउँ–गाउँमा साक्षरता अभियान सुरु गरेको जनाएको छ । यसै क्रममा पनौती नगरपालिका र बेथानचोक गाउंपालिकालाई लक्षित गरेर बैंकले पनौतीमा बैशाख २८ गते, शनिबार एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम मुख्य विष्यवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्त (विधुतिय वित्त) सम्बन्धी जानकारीका दिएको थियो ।
बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत सो कार्यक्रममा २०० जनाभन्दा बढीको सहभागी थियो । कार्यक्रमको उद्घाटन गर्दै पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जाराले कृषि र पशुपालनलाई छनोट गरेर आएको सेञ्चुरी बैंकलाई नगरले समन्वय गरेर कार्यक्रम गर्ने प्रतिबद्धता जनाउंदै बैंक वास्तविक किसानसम्म पुग्न सक्नुपर्ने सुझाव दिए ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसंग बैंकको पहुंच बढाउन गाउँ–गाउँसम्म वित्तीय साक्षरता अभियान सुरु गरिरहेको बताए ।
स्थानीयहरुले बैंकसम्बन्धी थुपै जिज्ञासा राखेका थिए सोहि सम्बन्धमा बैंकका प्रमुख कर्जा अधिकृत मनोज न्यौपानेले स्थानीयका सहुलियतपूर्ण कर्जा सम्बन्धी जिज्ञासाहरु बारे प्रकास पारे र बैंकले दिइरहेको सेवा सुविधाबारे जानकारी दिए । साथै बैंकका कृषि तथा विपन्न वर्ग कर्जा विभागका नियम श्रेष्ठले सहुलियतपूर्ण कर्जा सम्बन्धी जानकारी दिए ।
काठमाडौंमा केन्द्रीय कार्यालय रहेको सो बैंकले पछिल्लो समयमा अत्याधुनिक बैंकिङ सुविधा सहित आफ्ना लाखौं ग्राहक तथा सेवाग्राहीलाई छिटो, छरितो तरिकाबाट सेवा प्रदान गर्दै आएको छ ।
कमर्सियल बैंक शहरमामात्र नभएर गाउँ–गाउँका विपन्न नागरिको पहुँचमा पुग्ने क्रम जारी भएसँगै त्यस क्षेत्र र स्थानमा बसोबास गर्ने आम नागरिकलाई बैंकिङ साक्षरता दिलाउने काममा सेञ्चुरी बैंक अगाडी बढिरहेको छ । बैंकले अन्य जानकारीका लागी आफ्नो वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार