श्रीलङ्काको उत्तरपश्चिम क्षेत्रमा धार्मिक समूहबीच विवाद, राष्ट्रभर कफ्र्युको घोषणा !
इन्द्र रिजाल
बैशाख ३१, २०७६ मंगलबार १२:१५:४८
कोलम्बो । श्रीलङ्काको उत्तर पश्चिमी क्षेत्रमा रहेको कुरूनेगाला जिल्लामा अल्पसङ्ख्यक मुसलमान समुदाय र बहुसङ्ख्यक बुद्धमार्गी समूहबीच झडप भएपछि राष्ट्रव्यापी कफ्र्यु आदेश जारी भएको छ ।
प्रहरी प्रवक्ता एसपी रुवान गुणशेखरका अनुसार प्रशासनले उत्तर पश्चिमी शहरहरू कुलियापिटिया, विङ्गीरिया, धुम्मलासुरिया, हेट्टिपोला, रसनायकापुर र कोवैगानेका नगर क्षेत्रमा सोमबार दिउसोदेखि शुरू भै मङ्गलबार ४ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको बताए ।
सोमबार भएका भडपमा मुसलमानहरूको धार्मिक आस्थाको केन्द्र मस्जिदहरूका कैयौँ सम्पत्तीहरूमा क्षति पुगेको एक प्रत्यक्षदर्शीले बताए ।
झडपपछि उक्त क्षेत्रमा थप हिंसाका घटना नहोस भन्नका लागि प्रशासनले उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी पठाएको र थप अहिले स्थिति सामान्य बनिसकेको प्रहरीले बताएको छ ।
यसैबीच प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले एक विज्ञप्ति जारी गरी सवै समुदायलाई सम्यमित बन्न आग्रह गरे । विज्ञप्तिमा गलत तथा भ्रामक सूचनाबाट प्रभावित नबन्न र शान्त रहन आग्रह गरेका छन्।
प्रधानमन्त्रीले भने, “सरकार तथा सुरक्षा निकायले नागरिकको सुरक्षाका लागि निरन्तर खटिरहेको छ तर पनि हरबखत हिंसाका घटना देखिइरहेका छन् । यसको अनुसन्धान गरी नागरिकको सुरक्षाका लागि सरकार प्रतिवद्ध छ ।”
सरकारले गलत सूचना सम्प्रेषण नहोस् भनी मुलुकमा सञ्चालनमा रहेका फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालहरूमा सोमबार विहानैदेखि अनिश्चित समयका लागि बन्द गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार