मौसम खुलेसंगै आठ आरोही सगरमाथा शिखरमा
इन्द्र रिजाल
बैशाख ३१, २०७६ मंगलबार २०:३२:३७
काठमाडाैँ । विश्वको सर्वोच्च शिखर सगरमाथामा यो वर्षको वसन्त ऋतुमा पहिलो पटक आठ आरोहीहरू पुगेका छन्।
उनीहरू साउथ कोलभन्दा माथि डोरी टाँग्दै दिउँसो पौने दुई बजे ८,८४८ मिटर अग्लो शिखरमा पुगेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले सगरमाथा आधार शिविरबाट बताइन्।
झन्डै ७,९०० मिटर उचाइमा रहेको चौथो शिविरसम्म डोरी टाँग्ने काम वैशाख १८ मै सकिएको थियो।
यससँगै अब अन्यका आरोहीका लागि चुचुरो पुग्ने बाटो खुलेको छ, विभागकी निर्देशक आचार्यले भनिन्। तिब्बततर्फ रहेको सगरमाथाको उत्तरी मोहडामा भने डोरी टाँग्न बाँकी रहेको छ। त्यसतर्फ आइतवार डोरी टाँग्न गएको टोली मौसम अनुकूल नभएको भन्दै फर्केको विवरण प्राप्त भएको छ।
मङ्गलवार बिहान पौने दश बजेतिर पाँच शेर्पाहरूको एउटा टोली डोरी टाँग्दै ८,५१६ मिटर अग्लो ल्होत्से हिमालमा पुगेको थियो। यो याममा सो हिमालमा भएको यो पहिलो आरोहण हो। सगरमाथा र ल्होत्से हिमाल जाने बाटो तेस्रो शिविरभन्दा केहीमाथिसम्म एउटै रहेको छ ।
यो आरोहणसँगै वर्षमा केही दिन मात्र अनुकूल हुने सगरमाथाको मौसम खुलेको अधिकारीहरूले बताएका छन्।
वर्षका अन्य दिन प्रतिघण्टा २०० किलोमिटरसम्म हुने चुचुरोको वायुको गति प्रतिघण्टा २०/३० किलोमिटरमा झर्ने सानो समय पहिल्याएर आरोहीहरू चुचुरोमा पुग्न खोज्छन्। अघिपछिभन्दा हिउँ कम परेको बेलामा आरोहण गर्ने गरिन्छ।
लामो समयदेखि मौसमको समीक्षा गरेर तथा विभिन्न देशका मौसम पूर्वानुमान गर्ने निकायहरूको विवरण तुलना गरेर शेर्पा तथा अन्तर्राष्ट्रिय पथप्रदर्शकहरू शिखरतिर जाने उपयुक्त समयको गणना गर्छन्।
कहिलेकाहीँ अनुकूल दिनहरू थोरै हुने भएकाले आरोहीहरू सकेसम्म अघिल्ला दिनमै चुचुरोमा पुग्ने उद्देश्य राख्छन्।
पर्यटन विभागका अनुसार शिखरमा पुग्ने सबै आठ आरोही नेपाली हुन्।
सिद्धिबहादुर तामाङ, टोली नेता
पासादावा शेर्पा
दर्जी ग्याल्जेन शेर्पा
पासाङ दावा शेर्पा
दावा नुर्बु शेर्पा
मिङ दोर्जे शेर्पा
आङ फुर्वा शेर्पा
साङ्बु भोटे लामा
उनीहरूमध्ये पाँच जना सङ्खुवासभा, दुई जना सोलुखुम्बु र एक जना दोलखाका भएका आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार