आयातमुखी अर्थतन्त्र :- नौ महिनामा व्यापारघाटा २२ प्रतिशतले बृद्धि
इन्द्र रिजाल
बैशाख ३१, २०७६ मंगलबार २१:६:५४
काठमाडौं । आयातमा भारी बृद्धि तथा निर्यातमा सानो बृद्धिका कारण मुलुकको वस्तु व्यापारमा व्यापार घाटा बढ्ने क्रममा विश्राम आउने कुनै संकेत देखिएको छैन ।
परिणामस्वरुप चालु आर्थिक वर्षको प्रथम नौ महिनामा मुलुकको वस्तु व्यापारतर्फको व्यापारघाटा रु. ९९१.८ अर्ब पुगेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिव २२ प्रतिशतले बढी हो । यता मुलुकको आयातमा पनि २२ प्रतिशतको फराकिलो बृद्धिसहित चालु आर्थिक वर्षको प्रथम नौ महिनामा मुुलुकको वस्तु व्यापारतर्फको आयात रु १०६१.६ अर्ब पुगेको छ । समीक्षा उता निर्यातमा भने करिव १७ प्रतिशतको मात्र वृद्धिका साथ कुल वस्तु निर्यात रु. ६९.८ अर्बमा सीमित रहन गएको छ ।
समीक्षा अवधिमा मुुलुकको वस्तु तर्फको कुल वैदेशिक व्यापारमा २१ प्रतिशतको वृद्धिसहित रु. ११३१.४ अर्ब पुगेको छ । निर्यातको बाँस्केट सानो हुुनु, निर्यातको आकार पनि सानो हुुनु, मुलुकभित्र उत्पादनको वातावरण सिर्जना नहुनु र रेमिट्यान्स सिर्जित मागमा बृद्धि हुनुका कारण मुलुकको व्यापारघाटा दिनानुदिन भयावह हुँदै गएको हो ।
यता समीक्षा अवधिमा आयात निर्यात अनुपात १ः१५ पुगेको छ जबकि अघिल्लो आर्थिक वर्षमा सो अनुपात १ः१४.५ मा मात्र सीमित रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिमा कुल व्यापारमा निर्यातको हिस्सा ६.४ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा कुल व्यापारमा निर्यातको हिस्सा ६ प्रतिशतमा सीमित रहन गएको छ ।
गत आर्थिक वर्षको प्रथम नौ महिनामा कुल व्यापारमा आयातको हिस्सा ९३.६ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा कुल व्यापारमा आयातको हिस्सा ९४ प्रतिशत पुगेको छ । यो आँकडाले देश क्रमशः आयातमुखी हुँदै गएको संकेत गर्दछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार