गैरसरकारी क्षेत्रकाे वैदेशिक सहयोग घटेर झन्डै आधा, सरकार भन्छ वैदेिशक सहयोगमा बृद्धि
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
जेठ १, २०७६ बुधबार १७:४८:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/baidesik-sahayata-1_Xcn3gQvYVP.jpg)
काठमाडौं । गैरसरकारी क्षेत्रमा अन्तरराष्ट्रिय संस्था (आईएनजीओ) बाट आउने सहयोग र त्यस्ता संस्थाको संख्या समेत यस आर्थिक वर्षमा ह्वात्तै घटेको छ ।
अघिल्लो वर्ष ४० अर्ब सहयोग आएकोमा चालू आवमा १८ अर्ब घटेर २२ अर्ब मात्रै प्राप्त भएको छ । यसैगरी, अघिल्लो वर्ष ६५ आईएनजीओबाट सहयोग आएकोमा यस आवमा ४० ओटाबाट मात्रै सहयोग प्राप्त भएको समाज कल्याण परिषद्ले जानकारी दिएको छ ।
२०७२ वैशाख १२ को भूकम्पपछि पुनर्निर्माणका लागि आव . ०७३/७४ मा ठूलो मात्रामा सहयोग आएको र त्यस सम्बन्धी धेरै काम सम्पन्न भइसकेकाले अब सो शीर्षकमा सहयोग घट्न थालेको परिषद्ले बताएको छ ।
शिक्षा र त्यससँग जोडिएर आउने सहयोग भने बढ्दो क्रममा छ । ‘भूकम्पका लागि आएको र वार्षिक रूपमा खर्च हुनुपर्ने बजेट शतप्रतिशत सकिएको छ,’ परिषद्का प्रवक्ता दुर्गाप्रसाद भट्टराईले भने, ‘अन्य क्षेत्रको बजेट पनि ९९ प्रतिशत भन्दा बढी सकिएको छ ।’ परिषद्ले दातृ निकायहरूसँग एकदेखि पाँच वर्षसम्मको सहयोग सम्झौता गर्ने गरेको छ ।
सबैभन्दा बढी अमेरिकाबाट गैरसरकारी क्षेत्रमा आउने करीब एकतिहाइ सहयोग अमेरिकी आईएनजीओबाट प्राप्त हुने गरेको छ । अमेरिकापछि क्रमशः स्वीट्जरल्यान्ड, जर्मनी, फ्रान्स र इटालीबाट सहयोगका कार्यक्रम आउने गरेका छन् ।
यसरी आउने सहयोगले देशको राजनीतिक तथा सामाजिक–सांस्कृतिक वातावरण खलबल्याउन भूमिका खेल्ने गरेको गुनासो आउने नगरेको भने होइन । तर, विस्तृत विवरण खुलाएपछि मात्रै सहयोग स्वीकार गर्ने गरिएकाले त्यस्तो सम्भावना नरहेको प्रवक्ता भट्टराई बताउँछन् ।
‘खासगरी भारत र चीनसँगको भूराजनीतिक सन्तुलनमा असर पार्ने सम्भावना देखिएका प्रस्तावलाई स्वीकार गरिँदैन,’ उनले भने, ‘त्यसैगरी धार्मिक तथा सामाजिक विचलन ल्याउने सम्भावना देखिएका सहयोगको पनि सम्झौता हुँदैन ।’
जापानी संस्था ‘रिक्योबो’का नेपाल प्रतिनिधि ईश्वरबहादुर क्षेत्री पनि सरकारका नीति तथा योजनालाई सहयोग पुर्याउने कार्यक्रम नै प्रस्तावित हुने भएकाले स्वीकृतिको समस्या नरहेको बताउँछन् । नेपालमा सहयोग आउने मुख्य पाँच क्षेत्र कृषि, शिक्षा, महिला, बालबालिका तथा भूकम्प र विपद् व्यवस्थापन छन् ।
प्राय अधिकांस सहयोग नेपालि समाजमा राजनैतिक वातावरणका कारण कम हुन थालेको पाइएको छ । एकातर्फ राज्यको विकासका लागि यस्ता सहयोगले काम गरेका छन् भने अर्कातर्फ समाजमा विभिन्न खालका अराजक किसिमका गतिविधी हरु सञ्चालन गरेको समेत पाइने गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको विद्यालयलाई एक लाख सहयोग प्रदान
असार १२, २०८१ बुधबार
रास्वपाको भविश्य छैन, दुर्घटनाउन्मुख छः महामन्त्री मुकुल
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकका ग्राहकलाई सितल चौतारीमा विशेष छुट
असार १२, २०८१ बुधबार
प्रदेशको बजेट, उठाउनै नसक्ने आन्तरिक ऋण !
असार १२, २०८१ बुधबार